सञ्चारकर्मी सम्मानित, कृषक पुरस्कृत

समाधान संवाददाता
अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो पाँचौं गाउँसभाका अवसरमा ४ जना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
समाचार सम्प्रेषणका माध्यमबाट अन्नपूर्ण गाउँपालिकाको समग्र विकास एवं प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै रासस गण्डकी प्रदेश कार्यालय पोखराका वासुदेव पौडेल, नेपाल समाचारपत्रका टंकराज अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिकका दीपक परियार र आदर्शसमाज राष्ट्रिय दैनिकका श्रीभद्र पौडेललाई सम्मान गरिएको हो ।
अन्नपूर्ण गाउँपालिकाका हरेक गतिविधिलाई सञ्चारमाध्यमबाट प्रचार प्रसार गरी विशेष सहयोग पुर्याएका कारण ४ जना सञ्चारकर्मीलाई सम्मान गरिएको अध्यक्ष युवराज कुँवरले बताए । गाउँसभाका अवसरमा कोदो खेतीप्रति कृषकको आकर्षण बढाउन उत्प्रेरित गर्ने लक्ष्यका साथ गाउँपालिकाका ११ वटै वडाका ३÷३ जना कृषकलाई नगद पुरस्कारसहित पुरस्कृत गरेको छ ।
प्रत्येक वडामा अधिकतम कोदो उत्पादन गर्ने मध्ये पहिलो, दोस्रो र तेस्रो कृषकलाई जनही क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ३३ जनालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रवीण गुरुङ स्मृति लोकदोहोरी प्रतियोगिता व्यवस्थापन समितिका सदस्यलाई पनि सम्मान गरिएको थियो ।
गाउँसभाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ पारित गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार गाउँपालिकाले आर्थिक ऐन, सहकारी ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन र विनियोजन ऐन गरी ४ ऐन र विभिन्न १४ वटा कार्यविधि, नियमावली तथा निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित गरिसकेको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया