त्याे होर्डिङ बोर्ड सपना

समाधान संवाददाता २०७५ चैत २ गते १०:०३

Advertisement
विकास रोकामगर

मान्छे आफ्नै रहरले बाँँच्छ । रहर सकिएको दिन बाँच्न पनि बिर्सन्छ मान्छे र गुमनाम हराउँछ । सपनाले असफलताको गहिरो खाडलमा पु¥याउँछ र सफल पनि बनाउँछ । त्यही रहरले गर्दा सफलताको शिखर चुमेका १ पोखरेली युवा उद्यमी हुन्, सोभित बस्याल (३३) । एउटा होर्डिङ बोर्डको सपना पालेर बसेका उनी हाल सयौंको होर्डिङ बोर्डबाट अरुको सपना साकार पार्ने बाटोमा छन्, ‘परिचय एडभर्टाइज’को नामबाट ।

संगीतको दुनियाँमा प्रवेश
खासमा पहिले बस्यालको पहिलो सपना विज्ञापनको दुनियाँमा छिर्नु थिएन । गीतको दुनियाँमा लागेका थिए । गीत रेकर्ड गरे, एल्बम निकाले । एल्बम निकालेपछि एल्बम र आफ्नो अनुहार पोखराको व्यस्त बजारमा ठूलो होर्डिङ बोर्ड राख्ने सपना थियो ।

Advertisement

बस्याल राजु लामाको अहिले पनि फ्यान हुन् । कुनै बेला स्कुलदेखि भागीभागी सभागृह हल र रंगशालामा लामाका गीत सुन्न गएको क्षण जिउँदै छ उनको स्मृतिमा । उनीसँग अहिले पनि लामाको ऊ बेलाका फोटो र पोस्टर छन्, जसलाई सुरक्षित राखेका छन् । बस्याल कक्षा ६ मा पढ्दाताकाृ कुरा हो । स्कुलमा एउटा काम बिराए, सजाय त पाउनु थियो । सरले उनलाई सोधे, ‘भन सोभित सजाय दिऊँ ?’ तत्कालै उनले उत्तर दिए, ‘सर म गीत गाउँछु ।’ त्यति बेला उनले गायक राजु लामाको ‘बादल पारीको देशबाट…’ गाए ।

उनले गीत गाइसकेपछि कक्षाका सबै सहपाठीले ताली बजाए । उनलाई त्यही तालीले नै रुचिलाई चिन्न सिकायो । अहिले उनी सम्झिन्छन्, ‘साथीहरुको त्यही तालीले नै मलाई ठूलो इन्करेज गर्‍यो, गाउन सक्दो रहेछु, ममा पनि कला रहेछ भन्ने लाग्यो, त्यसपछि गाउन थाले, गीत लेख्न थालें ।’ कक्षा १० सम्म आइपुग्दा उनी राम्रो गीत गाउने र लेख्ने भइसकेका थिए ।

Advertisement

गीतको दुनियाँमा लाग्नुभन्दा पनि पहिले सोभितकोे सपना मोटरसाइकलमा पोखरा बजार हुइँकिनु थियो । एसएलसी दिनुभन्दा अघि उनले शर्त राखेका थिए बुवासँग, पास भए बाइक किनिदिने । उनले एसएलसी दिए । प्रथम डिभिजनमै पास गरे । तर बाइक पाएनन् । ‘पास भएँ तर, बाबाले किनिदिनु भएन, उमेर सानो छ भनेर अर्को कुनै माग पूरा गरिदिन्छु भन्नभयो,’ उनी सम्झन्छन् ।

स्कुलका कार्यक्रमतिर गीत गाएर वाहीवाही पाइसकेका थिए सोभितले । मनमा गीत रेकर्ड गर्ने रहरले ठाउँ बनायो । त्यसपछि उनले बुवासँग त्यही माग राखे र भने, ‘बुवा बाइक किन्न महंगो पर्छ, बरु मलाई काठमाडौं गएर गीत रेकर्ड गराइदिनुस् ।’ महंगो माग सस्तोमा झरेपछि उनका बाबा पनि खुसी भए । काठमाडौं आए । शम्भु राईको स्टुडियोमा गीत रेकर्ड गरे, ‘व्यथै छ यो जिन्दगी’ बोलको । त्यति बेला उनी १५ वर्षका थिए ।

गीत रेकर्ड भयो । त्यतिबेला पोखरामा फाटफुट एफएम रेडियो खुल्न थालेका थिए । एफएममा बजाउनै हम्मेहम्मे प¥यो सोभितलाई । ‘सिडीको जमाना थियो, कपी गरेर एफएम अघि उभिएर बस्थें, कोही मान्छेले चिनेर मेरो गीत बजाउँछ कि भन्ने मनमा लाग्थ्यो,’ उनी भन्छन्, ‘त्यति बेला राजभल्लव कोइराला पोखरा एफएममा काम गर्नुहुन्थ्यो, उहाँहरु लगायतँंग चिनजान गरेर मेरो गीत बजाइदिनु न भन्दै पछिपछि लाग्थें । तर, आज बजाइदिन्छन् कि भनेर सुन्थें, भोलि बजाइदिन्छन् कि भनेर सुन्थें तर लामो समयसम्म बजेन ।’

एफएम रेडियो धाउदा धाउदा एकदिन उनको गीत बज्न थाल्यो । एफएममा गीत बज्न थालेपछि साथीभाइ सबैले ‘फिडब्याक’ दिन थाले । उनलाई झनै प्रोत्साहन मिल्यो । ‘एफएमतिर गीत बज्न थालेपछि फेरि बुवालाई अर्को गीत रेकर्ड गरिदिन आग्रह गरें, मान्नुभयो, म फेरि काठमाडौं गएर गीत रेकर्ड गरें,’ उनी खुसी हुँदै भन्छन् । त्यस बेला उनले जेम्स प्रधानको स्टुडियोमा ‘जति टाढा भए पनि’ गीत रेकर्ड गरेका थिए । गीतले चर्चा पायो । सबैको मन जिते । पोखराका सबै अवार्डमा नोमिनेसनमा पनि पर्‍यो । उनी पुगे टाढा टाढासम्म गए गीत सुनाउन । फेरि अर्को रहर पलायो आफ्नै एल्बमको । र, त्यो पनि रहर पनि पूरा गरे ।

त्यो एउटा होर्डिङ बोर्ड सपना
एल्बम निकाल्नुभन्दा पहिले सोभितको एउटै सपना थियो, ‘एल्बम निकाल्ने र पोखरामा ठूलो होर्डिङबोर्डमा त्यसको प्रचार गर्ने ।’ अवस्था त्यति सहज थिएन । ‘त्यति बेला काठमाडौं पुग्नु ठूलो कुरा थियो, त्यसमा पनि आफ्नै एल्बमको ठूलो होर्डिङ बोर्ड हुनु झनै ठूलो कुरा थियो,’ उनी सम्झन्छन्, ‘मैले एल्बम निकाल्ने र होर्डिङबोर्ड खोज्ने काम सँगसँगै थालें ।’ पोखरामा होर्डिङ बोर्ड राख्न धेरै ठाउँ चहारे कहीं पाएनन् । र अन्त्यमा उनले आफ्नै घरबेटीको घरमा आँखा लगाए ।
घरबेटीलाई सोभितले सिधै भने, ‘मेरो होर्डिङ बोर्ड तपाईंको घरमा राख्छु, तर पैसा छैन ।’ घरबेटीले जवाफदिए, ‘हुन्छ २ महिनाका लागि फ्री हुन्छ, त्यसपछि पैसा तिर्नू ।’ सोभित खुसीले त्यो शर्त स्वीकार गरे । ‘मैले पहिलो पटक होर्डिङ बोर्ड त्यसरी सुरु गरें, पछि धेरै ठाउँमा राखें र एक दिन मलाई फोन आयो । फोन श्याम अर्यालको थियो,’ उनले सम्झे ।

अर्यालले फोन गरेर होर्डिङ बोर्डको भाडाबारे सोधे । यता सोभितले भने, ‘भाडा मैले ४ हजारको लिएँको हुँ ।’ उता अर्यालले शर्त राखे, ‘म तिमीलाई ८ हजार दिन्छु, त्यो मलाई लेऊ ।’ त्यसपछि फेरियो उनको होर्डिङ बोर्डको सपना । उनले जाने, होर्डिङ बोर्डबाट व्यापार पनि गर्न सकिने रहेछ । एउटा होर्डिङको सपना पालेका उनले पछि बजारमा बिक्री गर्न अरु पनि खोजी गर्न थाले । अहिले उनीसँग सयभन्दा बढी होर्डिङ बोर्ड छन् ।

सोभितको पहिचान परिचय
होर्डिङ बोर्डबाट व्यापार हुन्छ भन्ने थाहा पाएको दिनदेखि उनले कहिले पछि फर्केर हेर्नुपरेन । ८ वर्षअघि विज्ञापनकै लागि खोले परिचय एडभर्टाइज कम्पनी । ‘विज्ञापन लगानी हो, खर्च होइन’ नाराका साथ खुलेको उनको विज्ञापन एजेन्सीमा सुरुमा ३ जना थिए । अहिले २५ जनालाई प्रत्यक्ष रोजगार दिएका छन् । हरेक कर्मचारीलाई एउटा फ्ल्याट र रुम दिएका छन् । ‘परिचयले परिचय बनाउन धेरै समय लाग्यो,’ उनी भन्छन्, ‘कहिल्यै निरास भएन, सबैसँग सुझाव लिने र दिने काम गरिरहें त्यही सूत्रबाट म सफल भएँ ।’

उसो त पहिले बस्याल विज्ञापन कम्पनी खोल्नुअघि इभेन्टको क्षेत्रमा थिए । पोखरामा जति पनि काम हुन्थ्यो । त्यसमा चाहेर या नचाहेर त्यसैमा उनी आफूलाई पाउँथे । ‘करले हो या रहरले हो, म हरेक कार्यक्रममा पुगेकै हुन्थें,’ उनी भन्छन्, ‘त्यसले पनि मलाई यो दुनियाँमा आउन सहयोग गर्‍यो ।’

परिचय एड्भर्टाइजको स्थापनापश्चात फेरियो बस्यालको दैनिकी । परिचयले नै दियो उनको खास परिचय । अहिले परिचयले पोखरामात्रै नभएर गण्डकी प्रदेशका सबै जिल्लामा विज्ञापनमा आफ्नो प्रभुत्व जमाएर राखेको छ । ‘व्यापारमा आएपछि समय र प्रविधिसँग फेरिन पनि जान्नुपर्दो रहेछ, नत्र आफै सकिने रहेछौं, अहिले हामी अनलाइनमा पनि जाँदै छौं,’ उनी भन्छन् । उनका अनुसार सफलताको सूत्र भनेको कामप्रतिको लगाव पनि हो । सोभित अहिले पनि काम अनुसार १७÷१८ घण्टासम्मै सुत्दैनन्, बस् उनलाई परिचयको ‘परिचय’ बनाइराख्नु छ ।

तपाईको प्रतिक्रिया