दोस्रो वर्ष विकास वर्ष- चुमान

समाधान संवाददाता २०७५ चैत ४ गते ८:५८

समाधान संवाददाता

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सरकारले दोस्रो वर्षलाई विकासको वर्ष रुपमा लिएको बताएका छन् । आँधीखोला गाउँपालिकाले सञ्चालन गरेको दोस्रो अध्यक्ष कप रनिङ सिल्ड भलिबल तथा सांस्कृतिक कार्यक्रम समापनमा आइतबार मन्त्री चुमानले संरचना निर्माण र कानुन निर्माणको वर्षको रुपमा पहिलो वर्ष सकिएको उल्लेख गरे ।

३ सय नयाँ कानुन गण्डकी प्रदेश सरकाले निर्माण गरेको बताउँदै मन्त्री चुमानले पुराना कानुन आधा संशोधन भएको र आधा हुन बाँकी रहेको उनले उल्लेख गरे । बाँकी ऐनहरु पनि चैतसम्ममा संशोधन हुने उनको भनाइ छ । अहिलेको प्रणाली नयाँ प्रणाली र व्यवस्था भएको बताउँदै मन्त्री चुमानले नयाँ व्यवस्थाले विकासमा ठिलाइ भएको तर्क गरे । उनले पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार, सुशासनलाई गण्डकी प्रदेशले प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनको भनाइ छ ।

Advertisement

मन्त्री चुमानले हिजोदेखिको राजनैतिक स्थिरता अब हटेको बताए । देशमा राजनीतिक स्थिरता २ पार्टीको एकताले कायम भएको उनले बताए । उनले भने, ‘६÷६ महिनामा हुने सरकार परिवर्तनको अन्त्य भएको छ र विकासको गति अगाडि बढेको छ ।’ खेलकुद राष्ट्रको पहिचानका लागि पनि भएको विचार राख्दै मन्त्री चुमानले राष्ट्रिय स्तरमा पदक जितेरमात्र होइन, खेलेर आएका खेलाडीलाई पनि गण्डकी प्रदेशले आभिनन्दन गर्ने घोषणा गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सदस्य मिनप्रसाद गुरुङ, जिल्ला समन्यव समिति उपप्रमख दिलीपकुमार बगाले, नेकपा नेता पारस गैरे, गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल, उपाध्यक्ष शर्मिला पौडेल लगायतले बोलेका थिए । गाउँपालिकाले आयोजना गरेको रत्यौली प्रतियोगितामा प्रथम स्थान गाउँसुधार आमा समूह वहियाँले जितेको छ । २८ आमा समूहबीच प्रतिस्पर्धा भएको रत्यौलीमा द्वितीय सिर्जनशील आमा समूह भाटी र तृतीय अन्धाअन्धी दलित आमा समूह चिलाउनेबास भए । सामूहिक नृत्यमा कालिका मावि प्रथम, भगवती मावि द्वितीय र जनप्रदीप मावि र राष्ट्रिय माविले तृतीत स्थान हात पारेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया