कामना सेवा बैंकको स्वास्थ्य शिविर

समाधान संवाददाता २०७५ चैत ४ गते ९:११

समाधान

कामना सेवा विकास बैंकको कुश्मा शाखाले बागलुङ नगरपालिका १४ नाराणस्थानमा शनिबार स्वास्थ्य शिविर चलाएको छ । शिविरमा नारायणस्थान कैया, सरंगे लगायत क्षेत्रका १६३ जना बिरामीले स्वास्थ्य जाँच गरेको कुश्मा शाखा प्रबन्धक टंकनाथ लामिछानेले बताए ।

स्थानीय आयोजक लायन्स कलब अफ पर्वत चौतारीका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सञ्चालित शिविरमा धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सागरकुमार राजभण्डारीसमेतले बिरामीको स्वास्थ्य जाँच गरे ।

Advertisement

वरिष्ठ अहेब यमप्रसाद शर्मा, ऋषिराम शर्मा तथा कुश्मा अस्पताल प्रालिका प्राविधिकले बिरामीको जाँच गरेका थिए । अधिकांश महिलामा पाठेघरको समस्या उच्च रक्तचाप, फोक्सोको दीर्घ रोग देखिएको डा.सागरकुमार राजभण्डारीले सुनाए । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा प्रत्यक्ष लाभ हुने खालका गतिविधि सञ्चालन गर्दै आइरहेको शाखा प्रबन्धक लामिछानेले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया