उपत्यकामा भूकम्पको धक्का, केन्द्रबिन्दु मकवानपुर

समाधान संवाददाता २०७५ चैत ४ गते ११:०८

समाधान संवाददाता, काठमाडाैं

आज बिहान काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। बिहान ९ बजेर १ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरमा केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो। 

यसअघि फागुन १४ गते कीर्तिपुर केन्द्र बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको थियो।  

Advertisement

तपाईको प्रतिक्रिया