प्रदेश २ मा भोलि पनि सार्वजनिक बिदा

समाधान संवाददाता २०७५ चैत ७ गते १४:३८

समाधान संवाददाता

प्रदेश नम्बर २ मा भोलि शुक्रबार पनि सार्वजनिक बिदा हुने भएको छ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले फागुपूर्णिमाको अवसरमा बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। संघीय सरकारले बुधबार फागुपूर्णिमा मनाउन पहाडी क्षेत्रमा बिदा दिएको थियो।

Advertisement

प्रदेश २ को धनुषाबाहेक जिल्लामा आज फागुपूर्णिमा मनाइएको छ भने जनकपुरमा भोलि मात्रै फागुपूर्णिमा मनाइन्छ। 

Advertisement

तपाईको प्रतिक्रिया