भोक्सिङका सबै घरमा धारा

रामकृष्ण लामिछाने
पर्वत
पर्वतको महाशिला गाउँपालिका २ भोक्सिङमा वृहत लिफ्ट खानेपानी आयोजनाको काम सुरु भएको छ । खानेपानीको चरम समस्या भोग्दै आएका भोक्सिङका बासिन्दालाई खानेपानी उपलब्ध गराउन काउलेखोला लिफ्ट खानेपानी आयोजना सुरु भएको हो ।
आयोजना सञ्चालन भएपछि स्थानीय बासिन्दाले बर्खाको पानी घैंटामा संकलन गर।ी खानुपर्ने बाध्यता हट्नेछ । ‘अहिलेसम्म आकाशेपानीको भर छ,’ स्थानीय बखानसिंह गुरुङले भने, ‘खानेपानी आयोजना आउने खबरले हामी हर्षित छौं ।’ उनले खानेपानी आयोजनाले स्थानीय ४० घरपरिवार लाभान्वित हुने बताए ।
आगामी असारभित्र काम सक्ने गरी लिफ्ट खानेपानी आयोजना निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । आयोजनाको लागत ६२ लाख छ । सबै घरधुरीमा धारा पु¥याउने योजना छ ‘हिउँदका ६ महिना यहाँ खानेपानी हाहाकार हुन्छ,’ पौडेलले भने, ‘अब चाँडै १ घर १ धारा पुर्याउने लक्ष्य छ ।’
यसअघि स्थानीयले वर्खाको पानी सिमेन्टको टंकीमा संकलन गरी उपयोग गर्थे । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आयोजना निर्माणका लागि वजेट विनियोजन गरेको हो । कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलका अनुसार २ सय ३० मिटर तलको मुहानबाट १५ हर्ज पावरको पम्पले पानी तानेर वितरण गरिनेछ । सोलार प्रविधिबाट पानी तान्ने योजना छ ।
मुलबाट गाउँसम्म पानी तान्न २०÷२० घनमिटरका २ टंकी निर्माण गरिनेछ । अर्को ४० घनमिटरको टंकीमा संकलन हुने पानी सबै घरमा समान किसिमले वितरण गरिने बताइएको छ । खानेपानीको समस्याले गृहणी महिला आहात थिए । ‘खानेपानीको सपना पूरा हुने कुराले साह्रै खुसी लागेको छ,’ स्थानीय ललिता गुरुङले भनिन्, ‘अब सबेरै उठेर पानीको धारामा लाइन लाग्नु पर्दैन ।’







पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख
सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया