कालीगण्डकीमाथि बागलुङ सदरमुकाम र पर्वतको पाङ जोड्ने आधा किमीको झोलुंगे पुल निर्माण हुने

समाधान संवाददाता २०७५ चैत ८ गते १३:००

ताराप्रसाद शर्मा
बागलुङ

बागलुङ सदरमुकाम र पर्वतको पाङ जोड्ने नेपालकै सबैभन्दा लामो पुल निर्माण सुरु भएको छ । कालिगण्डकी नदीमाथि निर्माण हुने ५ सय ६७ मिटर लामो पुलको काम सुरु भएको हो । ‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुला बोलपत्रबाट कामको जिम्मा पाएका थानी-विएलढी-हिमशिखर जेभी निर्माण कम्पनीले संयुक्त रुपमा काम सुरु गरेका हुन् ।

पुलको बागलुङ तर्फको भूभागमा संरचना निर्माण थालिएको हिमशिखर कन्ट्रक्सन प्रालिका प्रमुख नरहरि खड्काले बताए । आगामी २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ३ कम्पनीले संयुक्त रुपमा कामको जिम्मा पाएका छन् । ६ करोड ९१ लाख लागतमा पुल निर्माण हुने जानकारी दिंदै खड्काले २०७७ को असार मसान्तसम्म काम सक्ने लक्ष्य सुनाए । कुनै अवरोध नभए समयमै कम सकेर हस्तान्तरण गर्ने उनले दावी गरे । नेपालमा सस्पेन्डे पुलअन्तर्गत ३ सय ६० मिटरभन्दा लामो पुल बन्न लागेको यो पहिलो हो ।

Advertisement

अन्य प्रविधिका पुल धेरै बनेका भए पनि सस्पेन्डेड पुल पहिलो पटक बागलुङ र पर्वत जोड्ने गरी बन्न लागेको सस्पेन्सन पुल विभागका इन्जिनियर टोपबहादुर बानियाँले जानकारी दिए । बानियाँले सस्पेन्डेड यति लामो बन्न लागेको एसियामा नै पहिलो भएको भएको बताए । चीनबाट लठ्ठा तान्ने विइन्च मेसिन खरिद अघि बढेकाले यो काम सम्भव भएको उनले बताए । अर्थ मन्त्रालयले पुल निर्माणका लागि आवश्यक पुल निर्माण प्रविधि खरिदका लागि सहमति दिएपछि पुल निर्माणले गति लिएको छ ।

बागलुङ नगरपालिका १ सहिद पार्क र कुश्मा नगरपालिका १ पाङ अदुवावारी जोड्नेगरी निर्माण गर्न लागिएको पुल १ सय ६० मिटर अग्लो हुनेछ । २०५९ सालदेखि पुल निर्माणको चर्चा चले पनि लठ्ठा तान्न समस्या हुने भन्दै अध्ययन प्रक्रियामै रोकिएको थियो ।
बागलुङ नगरपालिकाको पहलमा ३ महिना अगाडि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले पुनः सर्वेक्षण गरी पुल निर्माणमा आवश्यक लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिद गर्न ४० लाख रुपियाँ बजेट स्वीकृत गरेपछि पुल निर्माण प्रक्रिया सुरु भएको भएको थियो । मेसिन आगामी असार मसान्तभित्र नेपाल आईपुग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया