प्याराग्लाइडिङ दुर्घटनाबारे हवाई खेलकुद संस्थानले दियो स्पष्टीकरण

समाधान संवाददाता २०७५ चैत ९ गते ८:३३

समाधान संवाददाता

७ वर्षे बालकसहित टेन्डम उडानमा रहेको प्याराग्लाइडिङ मंगलबार पोखरामा दुर्घटनामा परेको घटनाबारे नेपाल हवाई खेलकुद संस्थाले शुक्रबार स्पष्टीकरण बुझाएको छ । नागरिक उडान प्राधिकरण पोखराले २४ घन्टे स्पष्टीकरण मागिएकोमा तोकिएकै समयभित्रै बुझाइएको नागरिक उड्डयन प्राधिकरण पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए ।

स्पष्टीकरणमा प्याराग्लाइडिङ ल्यान्ड गर्ने बेला हावाको चापका कारण दुर्घटना भएको उल्लेख छ । घटनाबारे छानबिनका लागि दिएको स्पष्टीकरण नै नागरिक उड्डयन प्राधिकरणमा पठाएको पौडेलले बताए ।

Advertisement

५ गते सराङकोटबाट उडेको ओपन स्काइ प्याराग्लाइडिङ कम्पनीको ग्लाइडर खपौंदीमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । प्यारापाइलट चिनिया नागरिक ५० वर्षीय एलेस विर्किन र सिंगापुरका ७ वर्षे यान्ज ग्वान्ज जी घाइते भएका थिए ।

खपौदी क्षेत्रमा अवतरण गर्दा बिजुलीको तारमा अड्किएपछि पाइलट र यात्रु घाइते भएका थिए । ससाना बालबालिकालाई उडाउने प्याराग्लाइडिङ कम्पनीलाई खारेज गर्न सकिने कानुनी व्यवस्था छ । पाइलटको लाइसेन्स पनि रद्द गर्न सकिन्छ ।

Advertisement

फागुन अन्तिम सातामा पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा विदेशी २ नागरिकको ज्यान गएको छ । उक्त दुर्घटनामा पनि प्याराग्लाइडिङ कम्पनीको लापरबाही देखिएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया