हत्यारा पहिचान गरी कारबाहीको माग गर्दै प्रदर्शन

स्याङ्जा, समाधान संवाददाता
पुतलीबजार १ का २५ वर्षीय सिसोक गुरुङको हत्यारा पहिचान गरी कानुनी कारबाहीको माग गर्दै स्थानीयबासी र आफन्तजनले पुतलीबजार नगरपालिकामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनपश्चात् प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासँग पीडित परिवारले छोराको मृत्यु पश्चात न्याय माग्दा आफूहरु असुरक्षित भएको बताए ।
मृतकका बुबा ८२ वर्षीय विष्णु गुरुङले राति राति मोटरसाइकलमा आएर थर्काउने गरेको बताउँदै प्रशासन गुहार्नुपरेको उल्लेख गरे । प्रजिअ निरौलाले अबको दिनमा कोही धम्काउन आएमा प्रशासनलाई खबर गर्न आग्रह गर्दै दोषी कोही नछुट्ने प्रतिबद्धता जनाए ।
नारायणस्थानस्थित भाडामा बस्दै आएका गुरुङ फागुन १९ गते पुतलीबजार नगर पालिका सतौं जाने बाटोको पक्की पुलमुनि अचेत अवस्थामा भेटिएका थिए । उनको उपचारका क्रममा घटनाको २ दिनपछि मणिपाल अस्पतालमा निधन भएको थियो ।
मादक पदार्थ सेवन गरी झगडा गरेर कुटपिट गरी पुलमुनि फालिदिएको भन्ने परिवारको उजुरीका आधारमा ज्यान मार्ने उद्योगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका पुतलीबजार १ का हिमप्रसाद गुरुङ, रोशन थापामगर, ज्ञान सिं ठकुरी र पुतलीबजार १४ का सफल भण्डारीलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया