कृष्णदास महाराजलाई नागरिक अभिनन्दन

समाधान संवाददाता
पोखरा, ९ चैतजगद्गुरु रामानन्दाचार्य पद विभूषित महायोगी सिद्वबाबा श्री १००८ डा श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा शनिबार नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिले पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम गरी उनलाई अभिनन्दन गरेको हो ।
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नागरिक अभिनन्दन मूल समारोह समिति संयोजक शुक्रराज शर्माले उनलाई नागरिक अभिनन्दन गरेका थिए । उनलाई करिब १ सय सामाजिक तथा धार्मिक संस्थाले अभिनन्दन गरे ।
व्यक्ति, समाज, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको उत्थान एवं पाशुपत सिद्व महायोगको माध्यमबाट जनजीवनमा योगदान पुर्याएकोमा उनलाई अभिनन्दन गरिएको हो । नागरिक अभिनन्दनअघि कृष्णदासलाई बाजागाजा र धार्मिक झाँकीसहित रथयात्रा गरी पोखराका विभिन्न स्थान परिक्रमा गराइएको प्रचार संयोजक नवीन सिग्देलले बताए ।
नारायणस्थान मन्दिरमा पूजाअर्चनापछि सुरु भएको रथयात्रा महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, पृथ्वीचोक हुँदै प्रदर्शनी केन्द्र पुगेको थियो । रथयात्रामा आमा समूह र धार्मिक तथा सामाजिक संघसंस्थाको सहभागिता थियो । कृष्णदास महाराजले मुलुकलाई आत्मनिर्भर र स्वाभिमान बनाउन आवश्यक रहेको बताए । उनले नेपाल धर्तिको स्वर्ग भएको उल्लेख गरे ।
विन्ध्यवासिनी मन्दिरका पीठाधीश्वर श्री १००८ स्वामी निशेषान्नद महाराजले धेरै जन्मको पुण्यपछि मात्रै जगत्गुरु बन्न पाइने बताए । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले मानवीय जीवन कता जाने भन्ने कुरामा संगतको ठूलो प्रभाव हुने गरेको बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्व जरुरी भएको बताए । नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक शुक्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सिद्वबाबा आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले स्वागत, नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले धन्यवाद र सचिव धर्मराज बराल (भोला)ले कार्यक्रम सञ्चालन गरेका थिए ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया