अपहरणको नाटक गरी आफ्नै परिवारसँग फिरौती माग्ने पक्राउ

समाधान संवाददाता २०७५ चैत १७ गते १४:३९

रासस, काठमाडौँ

अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो । 

महाशाखामा आएको सूचनाको आधारमा खोजी गर्दा उनलाई शनिबार काठमाडौँको चावहिलबाट पक्राउ गरिएका हो । उनलाई अपरिचित व्यक्तिले अपहरण गरी रू २३ लाख फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गरेको थियो । तर पछि उनले अपहरणको नाटक गरेको खुल्न आएको छ । 

Advertisement

सोधपुछ गर्ने क्रममा अपहरणमा परेको नभई लेनदेनको कारणले आफ्नै परिवारसँग फिरौती रकम माग गरी अपहरणको नाटक गरेको उनले स्वीकार गरेको महाशाखाले आज जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

Advertisement

तपाईको प्रतिक्रिया