पाेविमा ५५२८ विद्यार्थी दीक्षित

समाधान संवाददाता २०७५ चैत २१ गते १२:०४

समाधान संवाददाता, लेखनाथ

पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोह बुधबार भएको छ । पोखरा ३० खुदीस्थित विश्वविद्यालय परिसरमा भएको ५ हजार ५ सय २८ विद्यार्थीलाई दीक्षित गरिएको हो । विद्यार्थीलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दीक्षित गरे । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले पोखरा विश्वविद्यालयले गरेका प्रगतिका चर्चा गर्दै उत्पादनमूलक शैक्षिक पद्दति विकास गर्न कुनै कसर बाँकी नराखिने बताए ।

यस अवसरमा २०७५ सालको ओसिम गोल्ड मेडलबाट कम्युटर एप्लिकेसन अन्तर्गत स्नातक तहमा सबैभन्दा बढी अंक ल्याउने नविनकुमार कलवारलाई सम्मान गरिएको थियो । त्यस्तै स्नातकोत्तर तहमा सवैभन्दा उच्च अंक प्राप्त गर्न सफल विज्ञान तथा प्रविधि संकायका सुशील तिमिल्सिना र व्यवस्थापन संकालयकी दिव्याज्योति पण्डितलाई कुलपति पदक र स्नातक तहको व्यवस्थापन संकायका प्रनिसा घिसिङलाई उपकुलपति पदकबाट सम्मान गरिएको थियो ।

Advertisement

पोखरा विश्वविद्यालयका आफ्ना ४ आंगिक महाविद्यालय, ४ वटा संयुक्त आंगिक महाविद्यालय र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालय मार्फत विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठन पाठन हुँदै आएको छ भने विश्वविद्यालयमा कुल ५६ वटा कार्यक्रम सञ्चालनमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया