बार एशोसियशनमा पोखराका सुरेन्द्र थापा मगर भारी मतान्तरले विजयी

समाधान संवाददाता २०७५ चैत २१ गते १९:५८

समाधान सम्वाददाता
नेपाल बार एशोसियशनको गण्डकी उपाध्यक्षमा पोखराका बरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर विजयी भएका छन् । विहिबार अपरान्ह सम्पन्न मतगणना परिणाम अनुसार बाग्लुङका निरञ्जनराज राजभण्डारीलाई फराकिलो मत अन्तरले पराजित गर्दै थापा मगर गण्डकी प्रदेशका उपाध्यक्ष निर्बाचित भएका छन् । थापा मगरले तीन हजार तीन सय ६० मत पाएका छन् भने प्रतिद्वन्दी राजभण्डारीले दुई हजार आठ सय १५ मत पाएका छन । त्यस्तै पोखरा कै अधिवक्ता कल्पना भण्डारी केन्द्रिय सदस्यमा निर्बाचित भएकी छन् ।
अध्यक्ष सहित बारको अधिकांश पदमा वामपन्थी पक्षधर विजयी भएका छन् भने महासचिव भने लोकतान्त्रिक प्यानलका उम्मेद्वारले जितेका छन् । । अध्यक्षमा चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष प्रदेश नम्वर १ मान बहादुर रुम्दाली , उपाध्यक्ष प्रदेश नम्वर २ रामचन्द्र सिंह, उपाध्यक्ष प्रदेश नम्वर ३ ईश्वरी प्रसाद भट्टराई, उपाध्यक्ष प्रदेश नम्वर ५ सुनिल कुमार श्रेष्ठ, उपाध्यक्ष कर्णाली मिनबहादुर महत, । उपाध्यक्ष सुदुरपश्चिम प्रदेश उमेश प्रसाद बिष्ट, उपाध्यक्ष महिला रक्षा वस्याल, महासचिव लिलामणी पौडेल र कोषाध्यक्ष रुद्र प्रसाद पोख्रेल विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया