सम्बन्धविच्छेदपछि मक्केन्जी बनिन् विश्वकै तेस्राे धनी महिला

समाधान संवाददाता २०७५ चैत २५ गते १६:४१
Jeff Bezos and MacKenzie Bezos walking the red carpet at the 2017 Vanity Fair Oscar Party hosted by Graydon Carter held at the Wallis Annenberg Center for the Performing Arts in Beverly Hills on February 26, 2017. (Photo by Sthanlee Mirador) *** Please Use Credit from Credit Field ***(Sipa via AP Images)

एजेन्सी

एमेजन कम्पनीका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्।

सम्बन्धविच्छेद गर्दा उनले पत्नी मक्केन्जी बेजोसलाई झन्डै ३५ अर्ब अमेरिकी डलर दिने सहमति गरेका छन्।

Advertisement

यति सम्पत्ति हुँदा मक्केन्जी विश्वकी तेस्री धनी महिला बनेकी छन्।

उनीहरूले विवाह गरेको एक वर्षपछि जेफले सन् १९९४ मा सियाटलमा सो कम्पनी खोलेका थिए। मक्केन्जी त्यहाँ काम गर्न थाल्ने पहिलामध्येकी एक कर्मचारी थिइन्।

Advertisement

अब मक्केन्जी बेजोससँग एमेजन कम्पनीमा चार प्रतिशत हिस्सा हुनेछ।

धनी महिलाको सूचीमा लोरिआल ब्रान्डकी उत्तराधिकारी फ्राँस्वाज बेताँकूर मायर्स पहिलो स्थानमा छिन् भने दोस्रो स्थानमा वालमार्टको संस्थापककी छोरी एलिस वाल्टन छिन्।

तपाईको प्रतिक्रिया