गण्डकी प्रदेशमा साढे २ लाखको स्वास्थ्य बिमा

समाधान संवाददाता २०७५ चैत २६ गते १२:०७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका जिल्लाहरुमा साढे २ लाखजनाको स्वास्थ्य बिमा भएको छ । बागलुङ, कास्की, म्याग्दी, तनहुँ र गोरखामा ५४ हजार १ सय १० परिवारका २ लाख ४४ हजार ५ सय १७ सदस्यको स्वास्थ्य बिमा भएको हो । ५ हजार ७ सय २८ अतिगरिब परिवारको बिमा सरकारले निशुल्क रुपमा गरिदिएको छ । स्वास्थ्य बिमा बोर्डको गण्डकी संयोजक जीवलाल खरेलले उक्त जानकारी दिएका हुन् ।

कार्यालयले सोमबार स्वास्थ्य बिमा दिवस मनाएको थियो । गण्डकी प्रदेश अन्तर्गत स्वास्थ्य बिमा लागु भएका ५ जिल्लामा २७ वटा सेवा प्रदायक अस्पतालबाट बिमितले सेवा लिइरहेको खरेलले बताए । २०७२ चैत २५ गते कैलालीबाट दर्ता सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हालसम्म ४२ जिल्लामा विस्तार भएको छ ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले नागरिकलाई स्वास्थ्य सेवा प्रादायक अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताइन् । ‘स्वास्थ्य बिमा कार्यक्रमलाई प्रत्येक नागरिकको घरदैलोसम्म पु¥याउनुपर्छ,’ उनले भनिन् ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेशप्रसाद अधिकारी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान –पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्य, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल, मातृशिशु मितेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रेमराज पँगेनी, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले स्वास्थ्य बिमाको महत्वबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया