यातायात मजदुरलाई ट्राफिक सचेतना

समाधान संवाददाता २०७५ चैत २६ गते १२:५०

समाधान संवाददाता
पोखरा

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सडक दुर्घटना न्यूनीकरण राष्ट्रिय अभियान अन्तर्गत संगठनको ट्याक्सी माइक्रो इकाईले यातायात मजदुरलाई ट्राफिक सम्बन्धी प्रशिक्षण दिएको छ ।

संगठन केन्द्रीय सचिव विष्णुबहादुर पराजुलीले प्रशिक्षणको उद्घाटनपछि केन्द्रीय कार्ययोजना अन्तर्गत ‘म जिम्मेवार चालक’ स्टिकसहित देशभरि अभियान चलाएको बताए । उनले देशभरीका ४८ हजार यातायात मजदुरलाई सडक दुर्घटना न्यूनीकरण राष्ट्रिय अभियान अन्तर्गत प्रशिक्षण दिने योजना सुनाए ।

Advertisement

जिल्ला ट्राफिक कार्यालय कास्कीका नायब निरीक्षक जितजंग कार्कीले भौतिक संरचना अस्तव्यत रहेको अवस्थामा चालकले ध्यान नदिएमा दुर्घटना हुने बताए । संगठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्रीले यातायात मजदुर १ नभएसम्म पाएको उपलब्धि गुम्न सक्ने धारणा राखे ।

उनले मजदुरका लागि पेन्सन, स्वास्थ्य, शिक्षा, रोजगार लगायत योगदानमा आधारित सामाजिक सुरक्षा ऐन आएकाले त्यसको कार्यान्वयन गर्न मजदुरहरु संगठित हुनुपर्ने बताए । प्रशिक्षणमा ५२ यातायात मजदुरको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया