हराएकाे ६ महिनापछि ड्यामबहादुरकाे कंकाल भेटियाे

समाधान संवाददाता २०७५ चैत २९ गते ११:२९

समाधान संवाददाता, स्याङ्जा

अर्जुनचौपारी १ चिसापानी वेत्ताल सामुदायिक वनमा ६ महिना पहिला हराएका १ व्यक्तिको कंकाल फेला परेको छ । पुतलीबजार नगरपालिका १३ हिरापाटाका ५२ वर्षीय ड्यामबहादुर घर्तीको कंकाल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

६२ वर्षीय धनसिंह घर्तीले कंकाल बाहिर रहेको कपडाको आधारमा मृतक आफ्नो भाइ भएको बताएका हुन् । मानसिक अवस्था ठीक नभएका घर्ती गत कात्तिक ५ गतेबाट हराएका थिए । दाजु धनसिंहले भाइ हराएपछि आफूले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा हुलिया निवेदन दिएको बताए । घर्तीको पोस्टमार्टम गरिए पनि अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया