युनाइटेड क्लबकाे नवौं वार्षिकोत्सवमा कुष्ठ प्रभावितलाई खाद्यान्न

समाधान संवाददाता २०७६ वैशाख ३ गते १३:५५


समाधान संवाददाता, पोखरा

युनाइटेड क्लबले कुष्ठ प्रभावितहरुलाई खाद्यान्न उपलब्ध गरेको छ । युनाइटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन सोमबार पोखरा १५ टुटुङगामा रहेको नेपाल कुष्ठ रोग निवारण संघ पोखरा आरोग्य आश्रममा आश्रित १४ जना प्रभावितलाई खाद्यान्न सामग्रीसहित फलफूल वितरण गरेको हो ।

स्थापना कालदेखि पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबले आफ्नो नवौं वार्षिकोत्सव वैशाख ७ लाई लक्षित गरी साता भरी आफ्नो सामाजिक कामका क्षेत्रहरुमा सहयोग गर्ने क्रममा सोमबार पोखरा १५ टुटुंगामा आश्रित कुष्ठ प्रभावितहरु १४ जनालाई खाद्यान्न सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक तथा क्लबका सह कोषाध्यक्ष निर्मला लामिछानेले जानकारी दिइन् ।

Advertisement

त्यस अवसरमा नेपाल कुष्ठ रोग निवारण संघ पोखरा आरोग्य आश्रमका अध्यक्ष नारायण शर्माले युनाइटेड क्लबले स्थापना कालदेखि नै सामाजिक काम गर्दै आइरहेको सन्दर्भमा नवांै वार्षिकोत्सवको अवसर पारी पोखरा आरोग्य आश्रममा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

युनाइटेडले सामाजिक कामसँगै पोखराको लेखनाथस्थित पचभैयामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखानाको निर्माण सुरु गरेको र यसले पोखराको पर्यटन उद्योगमा थप टेवा पुर्‍याउने भएकाले आफूहरुको संस्थाबाट समेत क्लबसँग सहकार्य गरी पोखराको विकासमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

Advertisement

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लब विशुद्ध सामाजिक काम गर्ने क्लब भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोगले नै क्लबले आफ्नो नवौं वर्षसम्म आइपुगेको बताए । क्लबले नवौं वार्षिकोत्सवको अवसरमा सेती नदी संरक्षणबारे बृहत् अन्तक्रिया, विभिन्न सामुदायिक विद्यालयहरुमा पोसाक र शैक्षिक सामग्री वितरण लगायत कार्यक्रमहरु साताव्यापी रुपमा गरिने क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए । क्लबका महासचिव शान्तबहादुर थापाले सञ्चालन गरेका कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया