भाषण गरिरहेका भारतीय नेता हार्दिक पटेललाई थप्पड

समाधान संवाददाता २०७६ वैशाख ६ गते १३:३७

एजेन्सी, भारत

भारतीय कंग्रेसका यूवा नेता हार्दिक पटेललाई भाषण गरिरहेका बेला थप्पड हानिएको छ। गुजरातको सुरेन्द्रनगर जिल्लामा कंग्रेस जिल्ला समितिले गरेको कार्यक्रमलाई सम्बोधन गरिरहेका पटेलमाथि शुक्रबार थप्पड हानिएको हो।

पटेलले भाषण गरिरहेका बेला एक जना व्यक्ति मञ्चमा चढेर उनलाई थप्पड हानेका थिए। उनले पटेललाई गाली पनि गरेका थिए। 

Advertisement

पटेललाई थप्पड हान्ने ती व्यक्ति को हुन् त्यसका पछि के कारण थियो भन्ने  खुलेको छैन।

पटेलले भने आफूमाथि सत्तारूढ भारतीय जनता पार्टीले आक्रमण गरेको बताएका छन्। 

Advertisement

उनले ट्विटरमा लेखेका छन्-सभा चलिरहँदमा ममाथि भाजपाले आक्रमण गर्‍यो। मलाई थाहा छ आज थप्पडमात्र हान्ने प्रयास भयो भोलि भाजपाले मलाई गोली हान्नेछ। हामी  किसान र यूवाका आवाज उठाउँछौं।

२०१५ मा गुजरातको पतिदार समुदायलाई आरक्षणको माग गर्दै आन्दोलनको नेतृत्व गरेका पटेल गत महिना कंग्रेस प्रवेश गरेका थिए।

पछिल्लो समय उनी प्रतिपक्षी कंग्रेसको चुनावी प्रचारको  मुख्य प्रचारक बनेका छन्।

भारतमा अप्रिल ११ देखि लोकसभा चुनाव सुरू भएको छ ।

तपाईको प्रतिक्रिया