नवविवाहित दम्पतीलाई बसले ठक्कर दियो, श्रीमानको मृत्यु श्रीमती गम्भीर घाइते

समाधान संवाददाता २०७६ वैशाख ९ गते १२:५७

कृष्ण न्यौपाने, दमौली ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार बसको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका ३३ बस्ने ३१ वर्षीय सन्दिप कुंवर रहेका छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ८४१० नं को बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश नं ३–०२–००१ प ६०३५ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक कुंवरको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

Advertisement

दुर्घटनामा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका ७ बस्ने २५ वर्षीया सिर्जना रावत घाइते भएकी छन् । उनको दायाँ खुट्टा र छातीमा चोट लागेको छ । उनलाई रत्नहरी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरु नवविवाहित दम्पती हुन । दुवै सवारी साधन र बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया