आज मनमाेहन अधिकारी सम्झने दिन

समाधान संवाददाता २०७६ वैशाख १३ गते ८:५७

 समाधान सम्वाददाता

नेपाली कम्युनिष्ट आन्दोलनका नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

२०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बनेका थिए ।

Advertisement

२०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बनेका थिए । अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया