तनहुँ जलविद्युत आयोजनाको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

समाधान संवाददाता २०७६ वैशाख १३ गते १४:२०

कृष्ण न्यौपाने
दमौली

इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सिएमएसी) सँग ठेक्का रद्द भएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले अन्तर्रास्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको छ । तनहुँ जलविद्युत आयोजनाको पहिलो प्याकेज अन्र्तगत बाँध निर्माणलगायत अन्य कामका लागि आज अन्तर्रास्ट्रिय बोलपत्र आह्वान गरेको हो । आगामी जेठ २६ गते (जुन ९) सम्म बोलपत्र पेस गर्ने गरी बोलपत्र आह्वान गरिएको तनहुँ हाइड्रोका सञ्चारविज्ञ सचेन गौतमले जानकारी दिए ।

एसियाली विकास बैंकले सहमति जनाएपछि बोलपत्र आह्वान भएको हो । सिएमसीसँग गत असोज १५ गते ठेक्का सम्झौतामा हस्ताक्षर भएको थियो । सिएमसीसँग आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सम्झौता भएको थियो । तनहुँ हाइड्रोपावर र इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सिएमएसी) डी रेभनाबीच गत असोज १५ गते २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा पहिलो प्याकेजको खरिद सम्झौता भएको थियो । उसले काम सुरु नगरेपछि तनहुँले बोलपत्र रद्ध गरी नयाँ प्रक्रिया सुरु गरेको हो ।

Advertisement

दोस्रो प्याकेज (सुरुङ, विद्युतगृह निर्माण, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडान) ठेक्का चीनको सिनो हाइड्रोले पाएको छ । सिनो हाइड्रोले सम्झौता अनुसारका काम गर्नका लागि कामदार परिचालित समेत गरिसकेको छ ।

नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहँुको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माण सम्पन्न भइसकेको छ ।

Advertisement

दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएकोमा ठेक्का तोडिएपछि यो कार्यतालिका पनि प्रभावित हुने भएको छ । तेस्रो प्याकेज अन्तर्गत विद्युतगृह तनहुँदेखि चितवनको भरतपुरसम्म विद्युत प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइन संरचनाको जिम्मा भारतको केईसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाएको छ ।

आयोजनाको कुल लागत ५८ अर्ब ८ करोड रुपैयाँ छ । यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत हो । एडीबीले १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर, जापान अन्तर्रास्ट्रिय सहयोग नियोग (जाइका) ले १८ अर्ब ४० करोड रुपैयाँ अर्थात १८ करोड ४० लाख डलर, इआइबीले ८ अर्ब ५० करोड रुपैयाँ अर्थात ८ करोड ५० लाख डलर र सरकाररनेपाल विद्युत प्राधिकरणले ८ अर्ब ७० करोड रुपैयाँ अर्थात् ८ करोड ७० लाख डलर लगानी गरेका छन् ।

तपाईको प्रतिक्रिया