लेकसिटीमा एसियन ट्रायथ्लनः मकातोले बाजी मारे

समाधान संवाददाता २०७६ वैशाख १५ गते ८:५८

समाधान सम्वाददाता

पोखरामा भएको एसियन कप ट्रायथलन प्रतियोगिताको उपाधि जापानका मकातो डाकुराले जितेका छन् । शनिबार पोखराको लेकसाइडमा भएको ७ सय ५० मिटर स्विमिङ ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ र ५ किलोमिटरको दौड ५४ मिनेट १६ सेकेन्डमा पार गरी मकातोले उपाधि जितेका हुन् ।

उक्त प्रतियोगितामा पहिलो पटक सहभागी भएका उनले पौडीको लागि फेवाताल अनुकुल भए पनि साइक्लिङ र दौडमा भने खुला सडकमै हुँदा जोखिम भएको बताए ।

Advertisement

पोल्यान्डका म्याकोन्तोस दोस्रो भए भने कोरियाका जिवान किङ तेस्रो भए । म्याकोन्तोसले निर्धारित दुरी ५४ मिनेट ३३ सेकेन्डमा पार गरे भने किङले ५५ मिनेट २ सेकेन्डमा उक्त दुरी पार गरेका हुन् ।

महिला तर्फको एसियन कप एसियन कोरियाकी लेजिङ प्रथम भएकी छन् । त्यस्तै प्रतियोगितामा जापानकी कोनामी दोस्रो र जापानकै टाका मिनी तेस्रो भइन् । लेजिङले १ घन्टा २ मिनेट ५६ सेकेन्ड उक्त दुरी पार गरी प्रथम भइन् । जापानकी कोनामीले उक्त दुरी १ घन्टा ३ मिनेट ५१ सेकेन्डमा पार गरी दोस्रो र ताकामिनेले १ घन्टा ४ मिनट ५५ सेकेन्डमा उक्त दुरी पार गरी तेस्रो भइन् ।

Advertisement

एसियन कप प्रतियोगिताकै अवसरमा दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप समेत आयोजना भएको छ । दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा नेपालका वसन्त थारुले उपाधि जितेका छन् । उक्त दुरी उनले १ घन्टा ३ मिनेट ५ सेकेन्डमा पार गरी उपाधि जितेका हुन् ।

आर्मीका थारुले यसअघि दक्षिण एसियाली ट्रायथलनमा ६ पटक सहभागी हुँदै २ पटक स्वर्ण पदक र ३ पटकसम्म कास्य पदक जितेका थिए । १ घन्टा ७ मिनेट ३ सेकेन्डमा उक्त दुरी पार गरी भारतका लोकेशकुमार दोस्रो भए । त्यसैगरी १ घन्टा ८ मिनेटमा उक्त दुरी पार गरी नेपालका नीतेश मानन्धर तेस्रो भए ।

उक्त इभेन्ट महिलातर्फ भारतकी प्राग्ना मोहन प्रथम भइन् । उनले उक्त दुरी १ घन्टा ९ मिनेट २३ सेकेन्डमा पार गरी प्रथम भएकी हुन् । १ घन्टा १२ मिनेट ४० सेकेन्डमा उक्त दुरी पार गरी भारतकी मोनीका नागपुरे दोस्रो भइन् । १ घन्टा १८ मिनेटमा उक्त दुरी पार गरी एपिएफकी सोनी गुरुङ तेस्रो भइन् ।

प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्यान्ड, अस्ट्रेलिया, भारत र बंगलादेशका पुरुष तर्फ १९ र महिलातर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

विजयी खेलाडीलाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका सांसद दीपक कोइराला, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ, नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ, संघ कास्कीका अध्यक्ष सुमन देवकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपालका खेलाडीको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । उनले ५ किमी दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेन्डमा पूरा गरे । यस्तै दोस्रो स्थानमा रहेका नेपाली सेनाका ५७ मिनट ३७.४७ सेकेन्ड र तेस्रो स्थानमा रहेका एपिएफका किरणकुमार मल्लले ५७ मिनट ५८.१७ सेकेन्ड लगाए ।

महिला तर्फ एपिएफकी हुमा बुढा मगरले १ घन्टा १० मिनट ४५.२२ सेकेन्ड, एपिएफकै निर्जता ताम्राकारले १ घन्टा ११ मिनट ३८.३३ सेकेन्ड र दाङकी अनिषा चौधरीले १ घन्टा २२ मिनट ०५.०५ सेकेन्डमा साथ पहिलो दोस्रो र तेस्रो स्थान हात पारे ।

तपाईको प्रतिक्रिया