उद्योगपति बाबुराम सुनार सम्मानित

समाधान संवाददाता २०७६ वैशाख १५ गते १२:५९

समाधान संवाददाता
पोखरा

उद्योगपति बाबुराम सुनार शनिबार पोखरामा सम्मानित भएका छन् । विश्वकर्मा सेवा समाज कास्कीले नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

उनी विभिन्न विभिन्न सामाजिक संघ, संस्थामा रहेर समाजसेवामा आवद्ध छन् । सुनचाँदी व्यवसायी संघ तनहुँका पूर्वअध्यक्ष उनी ढोरबाराही ज्वेलर्स, ढोरबाराही क्रसर उद्योगका सञ्चालक एवं भीमाद नगर कार्यपालिका सदस्य हुन् । उनलाई पोखरा २८ का अध्यक्ष निर्मल दियाली र समाजका अध्यक्ष भविन्द्र विश्वकर्माले दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।

Advertisement

सम्मानितसुनारले शिक्षा र उद्यमशीलताबाट मात्रै समृद्ध जीवनको कल्पना गर्न सकिने बताए । उनले दलित समुदायबीचको एकताले मात्रै जातीय विभेद अन्त्य हुने धारणा राखे ।

वडाध्यक्ष दियालीले सुनारको व्यक्तित्वको चर्चा गरे । उनले समाज भवन बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गरे । समाजका अध्यक्ष भविन्द्र सुनारले छिट्टै भवन शिलान्यास गरिने जानकारी दिए । उनले भवन बनिसकेपछि बहुउपयोगी हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे ।

Advertisement

विश्वकर्मा समाजका अध्यक्ष गणेश बराइलीले विश्वकर्मा जातिभित्रै एकता आवश्यक रहेको जनाए । दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष भीमबहादुर विक ‘क्षितिज’ ले स्वस्थ प्रतिस्पर्धाले मात्रै खुसी प्रदान गर्ने बताए । पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले सुनचाँदी व्यवसायीलाई संस्थामा आवद्ध हुन आह्वान गरे ।

समाजका उपाध्यक्ष एवं भवन निर्माण अर्थ समिति संयोजक दशरथ सुनारले कास्कीका समाजमध्ये नमुना समाज घर विश्वकर्मा सेवा समाजले बनाउने उद्घोष गरे । क्यालेन्डर प्रकाशन समिति संयोजक रविन विश्वकर्माले क्यालेन्डरबाट बचत रकम भवन निर्माणमा खर्चिने सुनाए । समाजका सचिव तारा गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया