८ औं राष्ट्रिय प्रतियोगितामा पदक विजेतालाई सम्मान

समाधान संवाददाता २०७६ वैशाख १५ गते १४:१६

समाधान संवाददाता
पोखरा

८ औं राष्ट्रिय खेलकुद प्रतिगोगितामा फुलकन्ट्याक्ट विद्यामा पदक विजेता खेलाडीलाई नेपाल क्योकुशिन बुदोकाइ कराँते संघ, कास्कीले सम्मान गरेको छ ।

नेपालगञ्जमा भएको प्रतियोतिामा गण्डकी प्रदेशबाट सहभागी खेलाडी मध्य रुपक नेपाली पुरुष खुल्ला तौल समूह, गोविन्द रोका पुरुष ६५ केजी तौल समूह, रोमन सिंजाली मगर पुरुष ५० केजी तौल समूहमा र युनिका शेरचन महिला ५० केजी तौल समूहमा पहिलो भएका थिए । पहिलो हुनेलाई सम्मानपत्र खादा सहित ३ हजार रुपैयाँले सम्मान गरिएको हो ।

Advertisement

सरगम कुमाल महिला ४५ केजी तौल समूह, जीवन गुरुङ पुरुष ५५ केजी तौल समूहमा र प्रिज्मा कुँवर ५५ केजी तौल समूहमा दोस्रो भएका थिए । दोस्रो हुनेलाई सम्मानपत्र खादासहित २ हजार रुपैयाँले सम्मान गरिएको हो ।

सुष्मी श्रेष्ठ महिला खुल्ला तौल समूह, मदन थापा मगर पुरुष ४५ केजी तौल समूह र नेपाल पुलिस क्लबबाट सहभागी भएकी गणकी प्रदेशकी महिला ५५ केजी तौल समूहमा पवित्रा चौधरी प्रतियोगितामा तेस्रो भएका थिए । तेस्रो हुनेलाई सम्मानपत्र खादासहित १ हजार रुपैयाँले संघले सम्मान गरेको छ ।

Advertisement

टिम व्यवस्थापक नाराजबहादुर खड्का, टिम प्रशिक्षक सुवास खड्कालाई सम्मानपत्र र खादाले सम्मान गरिएको थियो । पोखरामा पहिलो पटक फुलकन्ट्याक्ट कराँते भित्र्याएर खेलकुद विकासमा योगदान गरे बापत हरि गुरुङलाई सम्मान गरिएको थियो ।

खेलाडीलाई सम्मान गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दीपकबहादुर गोदारले फुलकन्ट्याक्ट विधामा कास्की जिल्लाको महत्वपूर्ण पहिचान रहेको बताए । उनले गण्डकी प्रदेशले फुलकन्ट्याक्ट विधाको सबैभन्दा धेरै पदक हात पारेका कारण इतिहास बनेको बताए ।

नेपाल क्योकुशिन बुदोकाई कराँते संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम अध्यक्ष दानबहादुर क्षेत्रीले राज्यले अहिलेसम्म राष्ट्रिय पदक बिजेता खेलाडीलाई आर्थिक पुरस्कार राख्न नसक्नु दुखद रहेको बताए । सम्मान कमार्यक्रममा नेपाल क्योकुशिन बुदोकाई कराँते संघका उपाध्यक्ष सागर गिरीले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया