जीप दुर्घटनामा चालकसहित ५ को मृत्यु

समाधान संवाददाता २०७६ वैशाख १७ गते ११:५८
प्रतिकात्मक तस्विर

समाधान संवाददाता, पर्वत

पाल्पाको निस्दी गाउँपालिका ७, ज्यामिरेको चारघरेमा सोमबार भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका ४ मित्याल भीरपानीबाट ज्यामिरेको हुवास जाँदै गरेको लु १ ज १९४१ नम्बरको जीप भीरबाट खसेको हो ।

दुर्घटनामा ज्यामिरे हुवासका २, चारघरेका २ र चालकसमेतको मृत्यु भएको स्थानीय नरबहादुर नेपालीले जानकारी दिए । दुर्घटनामा जीप चालक वुद्धीबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी, ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीय लालबहादुर सारु र ५० वर्षीय सन्तबहादुर सारुको मृत्यु हुन पुगेको छ ।

Advertisement

दुर्घटनास्थल तानसेनबाट झण्डै ६० किलोमिटर पूर्वमा पर्छ । स्थानीय लालबहादुर बयम्बुका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट झण्डै ५ सय मिटर तल पुगेको थियो । प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले उद्दारका प्रहरी टोली खटिएको जनाएका छन् । दुर्घटना के कति कारणले भयो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जीप बिहेका लागि निस्दीको मित्याल भीरपानीमा दुलाहा दुलही छाडेर हुवास फर्कने क्रममा दुर्घटना भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया