स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी आजै फर्कदै
समाधान संवाददाता
२०७६ वैशाख १८ गते ८:१८

समाधान सम्वाददाता
छिमेकी देश चीनको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कने भएकी छन् ।
९ दिने भ्रमणका लागि चीनको भ्रमणमा रहेको राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लागेकी हुन् ।
स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी स्वदेश फर्कन लागेको बताइएको छ । भ्रमणका क्रममा राष्ट्रपति बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनमा सहभागी भएकी थिइन्।
भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो।वार्तापछि पारस्परिक सहयोगसम्बन्धी ७ समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
उनी बैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् । राष्ट्रपति भण्डारी बैसाख १९ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया