पत्रकार ऋषिराम बराललाई टंकादेवी पुरस्कार

समाधान संवाददाता २०७६ वैशाख १९ गते ११:४५

समाधान संवाददाता
पोखरा

पोखराका क्रियाशील पत्रकार ऋषिराम बराललाई ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिने भएको छ । पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा पोखरा ५ निवासी सुवर्णप्रसाद कोइराला परिवारजनद्वारा स्थापित उक्त पुरस्कारको राशि २५ हजार, सम्मानपत्र र दोसल्ला छ ।

२ दशकदेखि पोखरालाई कर्मथलो बनाएर सञ्चार क्षेत्रमा आबद्ध बराललाई पत्रकारितामार्फत् समाज रुपान्तरणमा भूमिका खेलेकोमा पुरस्कृत गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

Advertisement

पत्रकार बराल हाल दि हिमालयन टाइम्स र आदर्श समाज दैनिकमा आबद्ध छन् । प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली संयोजक पदेन सदस्य महासंघका अध्यक्ष श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना तथा पत्रकारहरु रमेश पौडेल, जमुना बर्षा शर्मा रहेको प्रतिभा छनोट समितलको सिफारिसलाई महासंघ बैठकले बुधबार अनुमोदन गरेको हो ।

वैशाख २४ गते ‘राष्ट्रिय पत्रकारिता दिवस’ का दिन पुरस्कार अर्पण गरिने महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । बरालले विसं. २०५६ मा आदर्श समाज दैनिकबाट पत्रकारितामा सुरु गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया