सुर्ती नियन्त्रणसम्बन्धी विधेयक प्रमाणीकरण

समाधान संवाददाता २०७६ वैशाख २० गते १२:१९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बिहीबार प्रमाणीकरण गरेका छन् ।

गण्डकी प्रदेश सभाको वैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सोही दिन प्रमाणित गरेपछि गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

Advertisement

नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने प्रावधान छ । प्रदेश प्रमुख कुँवरले बिहीबार नै ५÷५ प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका थिए । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेका हुन् । उक्त धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये १ प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघीय कानुन तथा संसदीय व्यवस्था मन्त्रालयमा १÷१ प्रति पठाइएको उनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया