प्रदेश १ को नाम किरात राख्न माग

समाधान संवाददाता २०७६ वैशाख २२ गते १२:०१

समाधान संवाददाता, काठमाडाैं

किरात राई यायोखाले प्रदेश १ को नाम किरात राख्न माग गरेको छ। कोशी नाम राख्नेबारे छलफल भइरहेका बेला किरात शब्द पनि प्रदेशको नामाकरण गर्दा छुटाउन नहुने किरात राई यायोखाका अध्यक्ष दिवस राईले बताए।

प्रदेशको नाममा किरात नराखिए आन्दोलन गर्नेसमेत उनीहरुले चेतावनी दिएका छन्। प्रदेशको नाम जुनसुकै राखे पनि त्यसमा किरात शब्द जोडिनुपर्ने माग राईको छ।

Advertisement

‘कोशी नाममा सहमति जुटेको देखिएपनि त्यसमा किरात पनि थप गर्नुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने। मुख्यमन्त्री शेरधन राई र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई किरात नाम राख्न ध्यानाकर्षण गराएको उनले बताए।

Advertisement

तपाईको प्रतिक्रिया