हिमालय माविको वार्षिकोत्सव

समाधान संवाददाता २०७६ वैशाख २२ गते १३:४३

समाधान संवाददाता, पोखरा

क्होँलासाँेथार ५ सिङ्दीको हिमालय माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले आउने आर्थिक वर्षमा विद्यालयमा २ वटा दरबन्दी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

क्हाँेलासाँेथार वडा नम्बर ५ र ६ पसगाउँ तथा सिङ्दीका युकेमा कार्यरत चेलीबेटीले गरिब तथा जेहन्दार विद्यार्थी, २०७५ को एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई २८ हजार छात्रवृत्ति उपलब्ध गराएका छन् । समाजसेवी टंकप्रसाद गुरुङले विद्यालयलाई बालमैत्री बनाउनुपर्नेमा जोड दिए । पाहार ट्रस्ट पोखराका अध्यक्ष चन्द्रबहादुर गुरुङले शैक्षिक गुणस्तर सुधारका लािग सदैव सहकार्य गर्ने बताए ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुमबहादुर गुरुङले विद्यालयको प्रगति र शिक्षाको गुणस्तरीयताका लागि निरन्तर प्रयास गर्ने स्पष्ट पारे । यता, युकेमा कार्यरत चेलीबेटीले पसगाउँ ठाँटी माविमा पनि २८ हजार नगद छात्रवृत्ति प्रदान गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया