प्रदेश ५ को नाम लुम्बिनी राखिने निश्चित

समाधान संवाददाता २०७६ वैशाख २२ गते १४:४८

समाधान संवाददाता, बुटवल

प्रदेश ५ काे प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्बिनी राख्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन दिएपछि अब प्रदेशको नाम लुम्विनी रहने निश्चित भएको हो ।

तर, स्थायी राजधानी कहाँ रहने भन्ने सिफारिस गर्न समेत अधिकार पाएको उक्त समितीले राजधानीको टुंगो लगाउन सकेन ।

Advertisement

समितिले राजधानी रूपन्देही, दाङ वा कपिलवस्तुमा बनाउने सुझाव दिइएको जनाईएको छ ।

उपसमितिको शनिबार सम्पन्न बैठकले १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारिसकेको छ ।

Advertisement

मुलसमितिले आवश्यक छलफल र निर्णय दिनका लागि थप प्रकृया पुरा गरी प्रदेश सभामा पठाउने कार्यविधि तय गरिएको छ ।

हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो ।

प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्नुपर्ने कानुनी ब्यवस्था छ ।

प्रदेशको राजधानी र नाम सिफारिस गर्न बनेका ६ वटा भिन्न भिन्न उपसमिति गठन भएका थिए । ती समितिले प्रदेश ५ का सबै जिल्लामा पुगेर राजधानीको नाम र केन्द्रका विषयमा नागरीकहरुको राय संकलन गरेका थियो ।

सुझावहरुलाई अन्तिम रुप दिन पाँच सदस्यीय  उपसमिति गठन गरिएको थियो ।

शनिबारको बैठकमा उपसमितिका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरलाई हस्तान्तरण गरेका थिए ।

सुझाव संकलनका क्रममा एक हजार तीन सय बढी नागरीकसँग अन्तरकृया गरी प्रश्न सोधिएको थियो । त्यसमध्ये बहुसंख्यकले राजधनी रुपन्देही र दाङ हुनुपर्ने सुझाव दिएका थिए ।

‘सुझाव संकलनका क्रममा बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू आएका थिए, तर बहुसंख्यकको सुझाव लुम्विनी नै भन्ने थियो। हामी पनि लुम्विनी राख्नेमा एकमत भयौ,’ ती सदस्यले भने ।

तपाईको प्रतिक्रिया