हेम्जाकाे गैरीशंकर माविमा लागुऔषध बारे सचेतना

समाधान संवाददाता २०७६ वैशाख २३ गते ११:३४

समाधान संवाददाता, हेम्जा

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा गौरीशंकर माविमा लागुऔषध सचेतना प्रशिक्षण भएको छ ।

समुदाय र प्रहरीबीच साझेदारी अन्तर्गत आइतबार पोखरा २५ स्थित गौरीशंकर माविमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अम्बरबहादुर कुवँरले प्रहरी सेवा जिल्ला समन्वय समितिले विद्यार्थीलाई ज्ञान दिएको बताए । प्रहरी नायब निरीक्षक भरतप्रसाद पौडेलले कक्षा ७, ८ र ९ का विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

Advertisement

सामुदायिक प्रहरी जिल्ला समन्वय समितिका महासचिव उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक वसन्त बास्तोला र प्रहरी हवल्दार बबिता मल्ल इटनी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया