सानो काम ठूलो परिणाम

समाधान संवाददाता २०७६ वैशाख २४ गते १७:५४

सन् १९५९ मे पहिलो पटक सत्तामा पुग्दा लिको एउटै उदेश्य थियो, सानो मन्त्रिपरिषद् र भ्रष्टाचार शून्य सरकार बनाउने । संसारभरकै सरकारको समस्या सत्तामा पुगिसकेपछि पाउनुपर्ने सुविधा सबै उपभोग गर्ने र आफ्नो धरातल बिर्सिदिने हुने गर्छ । सरकारमा पुग्नु भनेको आफूले विगतमा गरेका सबै दुखको ब्याज असुलउपर गर्ने प्रवृत्ति संसारका जुनसुकै व्यक्तिको हुन्छ । हिजो चप्पल लगाएर संघर्ष गर्ने, जेलमा हन्डर ठक्कर खानेहरु मन्त्री वा सांसद हुने बित्तिकै आफ्ना अघिल्ला दुख बिर्सिने र जनतालाई भन्दा आफंैलाई प्राथामिकता दिने कुरा नौलो होइन ।

कम्युनिस्टमा समर्पण, बलिदान, स्वार्थरहिता र क्रान्तिकारी गुण देखेका लिले सरकारमा पुगिसकेपछि पनि त्यस्तै गुण राखिरहन आवश्यक देखे । अर्काे कुरा के थियो भने अघिल्लो सरकार यति भ्रष्ट थियो कि उसले जनताको दुखदर्द केही देख्दैनथ्यो । कम्तीमा आफू सरकारमा रहँदा त्यस्तो अवस्थालाई परिवर्तन गरिछाड्छु भन्ने उनको ध्येय थियो । त्यस्तै लन्डनमा पढ्दाताका चिनियाँ प्रजातन्त्रिक सरकारको भ्रष्टताका कारण जनतामा निराशा छाएको थियो र त्यो निराशा लन्डनमा छताछुल्ल भएर पोखिन्थ्यो । लिलाई के लाग्थ्यो भने मुख्यभूमिका चिनियाँदेखि दरिद्रीका रुपमा परिचित भए भने देशबाहिरका चिनियाँ मुलका व्यक्तिले जतिसुकै ठूलो परिचय बनाए पनि जतिसुकै सुकिलामुकिला भए पनि हेपाइमा पर्छन् ।

उनलाई चीनमा परिर्वन ल्याउन नसके पनि आफ्नो राष्ट्र र जनतालाई गरिबीबाट त्राण दिन सके र आफ्नो जीवन बाँच्नुको सार हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले विकास र भ्रष्टचारमाथि शून्य सहनशीलतामा उनले जोड दिए । लिम यो होक सरकारका शिक्षामन्त्री चिउ स्वि किले चुनावमा कम्युनिस्ट बिरुद्ध लड्नका लागि अमेरिकी १० लाख डलर लिएको घटनाबाट उनले पाठ पनि सिके ।

Advertisement

लि क्वान यु

आफू प्रधानमन्त्री हुँदा देशको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीको तलब घटाएका थिए । उनले आफ्नो तलब पनि घटाए र मन्त्रीको पनि । जसै देशको विकासले गति लिन थाल्यो, कर्मचारीको तलब आकर्षक तरिकाले बढाए । त्यसपछि मन्त्रीको तलब बढाए ।

प्रधानमन्त्रीको शपथ लिँदा सेतो सर्ट र सेतो पाइन्ट लगाएर उनले सफाइमा जोड दिए । पवित्रता र इमानदारिताको सुरुआत लवाइबाट हुन्छ भन्ने मान्यतामा जोड दिँदै उनले सबैलाई काम गराइमा पवित्रता र इमानदारितामा ध्यान दिन अन्य मन्त्रीलाई आदेश दिए । उनको मन्त्रिमण्डलमा सबै विश्वविद्यालय टेकेका मन्त्री थिए, एक जनाबाहेक । उनले पनि त्यस्ता मन्त्रीहरु मात्रै छाने जसकी पत्नीले काम गरिरहेकी छन्, यसो गर्दा मन्त्रीले भ्रष्टाचार गर्नु पर्दैनथ्यो । लिको धारणा थियो, मन्त्रीहरु नै सफा भए भने कर्मचारी सफा हुन बाध्य हुन्थे, मन्त्रीहरु नै खुल्ला र छाडा भए भने अरुका लागि पनि खुल्ला र छाडा हुन बाटो खुल्छ । कम्युनिस्टको सबभन्दा ठूलो अचुक अस्त्र भनेको भ्रष्टाचारमाथिको प्रहार नै हुन्थ्यो । त्यो अस्त्र प्रहार गर्ने लिले बाटो दिएनन् ।

Advertisement

करवापत जम्मा भएको १ डलर पनि जनताको तल्लो तहमा पुग्नुपर्ने र बीचमा तर चाट्ने अवस्था नराख्न लिले विशेष पहल गरे । बढी भ्रष्टाचार हुने ठाउँमा स्वयं लिले चासोपूर्वक काम गराउँथे । यसो गर्दा भ्रष्टाचार हुने मूल नै सुक्थ्यो र मूल सुक्दा भ्रष्टाचार रोक्न, पहिचान गर्न र ध्वस्त पार्न मद्दत पुग्थ्यो ।

भ्रष्टचार रोक्नका लागि सन् १९५२ ताका नै करप्ट प्राक्टिसेज इन्भेस्टिगेसन ब्युरो गठन गरिएको थियो । तर यो संस्थाले पहँुचवालालाई केही नगर्ने र मध्यमवर्गका भ्रष्टाचारीलाई मात्र अठ्याउने चलन थियो । प्रहरी, सरकारी कर्मचारीमा यस्तो प्रवृत्ति बढ्ता देखिन्थ्यो । भ्रष्टाचार रोक्नका लागि १९६० मा नयाँ नीति पारित गरे र यो सीधा प्रधानमन्त्रीको मातहतमा रहेर काम गर्ने बनाइयो । यसपछि लिले सडकसडकमा प्रहरी र टोले दादालाई तिर्नुपर्ने ५÷१० डलरको रकममा हुने भ्रष्टाचारलाई केन्द्रित पारे । त्यतिमात्र होइन, ठूला मन्त्रीहरुलाई पनि भ्रष्टाचारको मुद्दामा नाउँ पोलिने बित्तिकै उनले कारबाही गरिहाल्थे । राष्ट्रिय विकास फे यु कोकजस्ता उनीसँग नजिक रहेका व्यक्तिलाई पनि उनले क्रूरतापूर्वक कारवाही गरे, जेल हाले र देश निकाला गरे । अर्का मन्त्री तह चियाङ वानले त भ्रष्टचार मुद्दामा मुछिएपछि आत्महत्या नै गरे ।

भ्रष्टाचारविरुद्ध लागिपर्ने निडर भएर काम गर्न लिले यति प्रोत्साहित गरे कि त्यसैको परिणाम आज पनि सिंगापुर संसारकै कम भ्रष्ट मुलुकमध्येमा पर्छ । ट्रान्सपेरेन्सी इन्टरनेसनल नामक संस्थाले सिंगापुर संसारकै कम भ्रष्टाचार हुने १० आंै मुलुकका रुपमा उल्लेख गरेको छ । हङकङ, जापान र चाइवानभन्दा निकै अगाडि सिंगापुरको नाउँ आउँछ । लिले आफ्नै आँखाले माओ त्से तुङको चिनियाँ सांस्कृतिक क्रान्ति देखेका थिए । यो क्रान्तिताका कैयांैले सफलताको कामना गर्दै आफ्नो सम्पत्ति दान गरेका थिए कम्युनिस्ट पार्टीलाई । तर जसै सांस्कृतिक क्रान्ति सफल भयो, दानीहरु सबैभन्दा बेवकुफ ठहरिए । देङ स्याओ पिङले आर्थिक उन्नतिको बाटो समातेपछि पार्टीका कैयाैं नेताले ठूला कर्पाेरेसनलाई ठाउँ दिए वापत करोडाैं रकम कुम्ल्याउने बाटो पाए ।

भियतनाममा पनि सन् ८० को दशकमा कम्युनिस्ट पार्टीकै माध्यमबाट विकासको नीति अँगाल्ने भन्दै ठूला कर्पाेरेसनलाई भिœर्याउँदा हेर्दा हेर्दै कमरेड करोडपति बन्न पुगे । कम्युनिस्टमा हुने जुझारुपन, कामप्रतिको लगनशीलता र जनताप्रतिको उत्तरदायित्व पैसा नदेखुन्जेल मात्र हुँदो रहेछ भन्ने स्पष्ट चित्र लिले देखेकाले सरकारमा हेर्ने जानेलाई ठूलो खर्च गर्ने नपरोस् भन्ने चाहन्थे किनभने एकपटकको निर्वाचनमा जति खर्च हुन्छ, त्यो पैसा उठाउन सांसद वा मन्त्रीले कुनै न कुनै बाटो खोज्नुपर्छ । त्यो भनेको भ्रष्टचार गर्नु नै हो । फेरि आफ्नो पैसा उठाएर मात्र भएन, ५ वर्षपछि अर्काे चुनाव पनि जित्नै प¥यो । त्यसका लागि पनि पैसाको जोगाड त गर्नै प¥यो ।
सिंगापुरमा भोट हाल्नु अनिवार्य गरिएको छ । निर्वाचन अनिवार्य भइसकेपछि जनताले भोट हाल्नैपर्छ । भ्रष्टाचार गर्ने बाटो सुकाएपछि विपक्षीले लोभ्याउन सक्ने कुरै भएन । सत्तामा रहुञ्जेल सरकारले राम्रो काम गरेपछि सत्तापक्षीय पार्टीले पनि जनतालाई घुस्र ख्वाई भोट हाल भन्नुपरेन । एउटा चित्तबुझ्दो चक्रीय प्रणाली लिले बनाए । सुरुमा आफू प्रधानमन्त्री हुँदा देशको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीको तलब घटाएका थिए । उनले आफ्नो तलब पनि घटाए र मन्त्रीको पनि । जसै देशको विकासले गति लिन थाल्यो, कर्मचारीको तलब आकर्षक तरिकाले बढाए । त्यसपछि मन्त्रीको तलब बढाए । आफ्नो चाहिँ मासिक तलब ३ हजार ५ सयमै सीमित राखे । समय क्रममा सिंगापुरका निजी कम्पनीमा काम गर्ने कामदारको भन्दा मन्त्रीको तलब कम हुन थालेपछि उनीहरु बराबर पार्दा कुनै फरक नपर्ने अवस्था पनि बनाए । उनले पछि स्वत तलब बढ्ने प्रणाली पनि विकास गरे ।

सन् १९६० मै उनले जनतालाई जथाभावी नथुक्नु भनी टेलिभिजनबाट सिकाए । थुक्नु त्यसै पनि राम्रो कुरा होइन, अर्काे चाहिँ यसले क्षयरोग जस्ता सरुवा रोग सार्ने सम्भावना बढी हुन्थ्यो । जथाभावी थुक्नु अशोभनीय भएकाले पछिसम्म सार्वजनिक स्थलमा थुक्नुलाई अपराधकै कोटीमा राखेकाले अहिले सिंगापुरमा जथाभावी थुक्ने बानी हराइसकेको छ ।

निजी क्षेत्रमा गज्जबले नाम र दाम कमाएको वकिल, चिकित्सकलाई सरकारी जागिरमा तान्दा कहिलेकाहीं ठूलो मूल्य चुकाउनु परे पनि चुकाउने नीति ल्याए । यस्तो हुँदा कहिलेकाहीं न्यायाधीश भन्दा वकिलको तलब बढी हुन जान्थ्यो । तर उसलाई ल्याएपछि जनु परिणाम आउँछ, त्यसले सम्पूर्ण सिस्टममा नै सकारात्मक प्रभाव पार्छ । यस्तो परिणाम ल्याउने कुरा प्रयोग गर्न लिले कहिल्यै कञ्जुस्याइँ गरेनन् । देशभित्र सम्पत्ति ओइरिएका बेला मन्त्रीहरु सरकारी कर्मचारीको तलब बढ्ने कुरामा जति ध्यान दिइन्थ्यो उति नै आर्थिक संकटका बेला तलब घटाउने कुरामा पनि उत्तिकै सक्रिय भएर लि लागेका थिए । सन् १९९७ ताकाको आर्थिक संकटका बेला सबै मन्त्री, ठूला कर्मचारीको तलब स्वातै घटेको उदाहरण सिंगापुरमै मात्र देख्न सकिन्थ्यो ।

सन् १९९० मा लि क्वान युले प्रधानमन्त्री पद छाडेपछि लिकी पत्नी चुले मन्त्रीलाई प्रभावमा पारी आफू र उपप्रधानमन्त्री रहेका छोराका नाउँमा २ वटा महँगो घर खरिद गर्दा १ लाख डलर बराबरको छुट लिएको भनी विपक्षीले ठूलो हल्ला मच्चाए । विदेशी अखबारमा लिको उछित्तो काढ्ने यो सही मौका थियो । तर लिले तिनीहरु सबैको मुख बन्द गरिदिए किनभने जुन छुट दिएको थियो, त्यो छुट कानुन बमोजिम नै थियो । अर्काेतर्फ १ लाख डलरको जुन छुट पाएका थिए, त्यो बराबर दान पनि गरिदिए । यतिले पनि चित्त नबुझेपछि लिले संसदमा यो विषयमा छलफल चलाए । छलफलमा विपक्षीहरुले पनि लिको दोष पाएनन् । लिलेपछि भनेका छन्, मैले यो कुरा संसदमा छलफल नचलाएको भए अर्काे चुनावमा विपक्षीहरुका लागि ठूलो मसला हुने थियो र हाम्रो उछित्तो काढिने थियो । जथाभावी थुक्ने आम प्रचलन हो तर लिले यसलाई रोक्ने अभियान नै सुरु गरे । हेर्दा सानो लाग्ने यस्ता अभियानबाट मानिसको मन जित्ने कला पक्कै पनि अनुसरणीय छ ।

सन् १९६० मै उनले जनतालाई जथाभावी नथुक्नु भनी टेलिभिजनबाट सिकाए । थुक्नु त्यसै पनि राम्रो कुरा होइन, अर्काे चाहिँ यसले क्षयरोग जस्ता सरुवा रोग सार्ने सम्भावना बढी हुन्थ्यो । जथाभावी थुक्नु अशोभनीय भएकाले पछिसम्म सार्वजनिक स्थलमा थुक्नुलाई अपराधकै कोटीमा राखेकाले अहिले सिंगापुरमा जथाभावी थुक्ने बानी हराइसकेको छ । हुन् पनि ठूला भौतिक संरचना बनाउन सकिन्छ तर मानिसको खराब आचरणलाई असलमा परिवर्तन गर्न त्यति सजिलो छैन । प्याच्च बोल्ने, नमिठो बोल्ने, चर्काे बोल्ने बानीलाई बदल्न पनि कम गाह्रो छैन । सडकछेउका ससाना होटलले उत्सर्जन गर्ने फोहोरलाई जथाभावी छाड्नेजस्ता साना कुरालाई पनि उनले चासो पूर्वक नियन्त्रणमा लिए ।

लिले भनका छन्, थुक्ने जस्तो स्वाभाविक बानीलाई हामीले केही वर्षभित्रै नियन्त्रण गर्न सिक्यौ भने यस्ता कयांै खराब बानीलाई सुधार्न सक्छौ भन्ने लागेर कतिपय अभियान सुरु गरियो र तिनले राम्रो परिणम पनि ल्याए । सरकारमा जानेबित्तिकै उनले क्लिन एन्ड ग्रिन सिंगापुरको अभियान चलाए । कतिलाई झुप्राबाट राम्रा भवनमा पनि सारे । तर लागेको बानी कहिल्यै सुध्रिँदैन भनेजस्तै राम्रा भवनमा सारिए पनि मानिसले अपार्टमेन्टभित्रै सुँगुर, कुखुरापालनजस्ता क्रियाकलापले उनलाई हाँस उठाउँथ्यो ।

सडकमा गाईवस्तु असरल्ल रल्लिरहेका हुन्थे । एकपटक सहरकै चर्चित वकिलले सडकमा हिँडिरहेको गाईलाई ठक्कर दिएर मारेपछि दंगा नै होलाजस्तो अवस्था आएको थियो । गाईमात्र होइन, बाख्रा, सँुगुर पनि सडकमा चेतावनी दिए, आफ्ना चौपायालाई नियन्त्रण गरेनाैं भने प्रहरीले तिनलाई पक्रेर काट्नेछ र तिनको मासु खानेलाई सित्तैमा बाँडिनेछ । तर पनि केहिले मानेनन् । यसपछि ५३ वटा गाई पक्राउ गरी काटियो र तिनको मासु बाँडियो । त्यस्तै कति बाख्रा र सुँगुर पनि सरकारले कब्जामा लियो । यसलगत्तै गाई, बाख्रा र सुँगुरहरु आफ्नो ठाँउमा थान्को लाग्न थाले ।

उनले हरियाली अभियान सुरु गर्दा मानिस हाँस्थे र भन्थे, अहिले रोपिएका विरुवाहरु केही दिनपछि मर्छन् अनि कतिले उखेलिदिन्छन् । नभन्दै केही विरुवाहरु मेर र कति त जनताले नै उखेलिदिए । १ जना डाक्टरले त सडकमा रोपिएका महँगा, कतै नपाइने विरुवालाई उखेलेर आफ्नै घरमा रोपे तर त्यस्ता घटनामा सीमित थिए र अधिकांश बचेखुचेका रुखहरु बढ्दै जाँदा सहरमा ती वर्गका प्रतीक बन्न थाले । अर्काेतर्फ सफाइ अभियानका कारण अति फोहोर गल्ली पनि हेर्दा चिटिक्कको देखिन थाल्यो । यस्तो सफाइ अभियान उनले राम्रो गल्लीदेखि उपेक्षित गल्लीसम्मलाई ध्यानमा राखेका थिए । सफाइ हुनुअघिको गल्ली र सफाइपछिको गल्लीको चार्ट बनाएर सर्वसाधरणलाई परिवर्तनको अनुभव गराउँथे ।

सन् १९७१ सम्म प्रशस्त रोजगारी सिर्जना हुन थालेपछि मानिस आफैं सरसफाइमा चासो राख्न थाले । त्यसमाथि सानो इकाइसम्म अगुवाहरुले सरसफाइमा ध्यान दिन थाले । २÷२ वटा जातीय दंगा चर्किदाको अवस्थामा अनुशासन र नियमकानुनलाई धोतीलाई दिने परम्परा सुरु भएको थियो । तर अकस्मात् देशले विकासको गति लिन थालेपछि मानिसमा अुनशासन सुरु भयो । पछि कयाैं विदेशी नेता भ्रमणमा आउँदा सहरको हरियालीबाट ज्यादै प्रभावित भए । हङकङले त लिको अभियानबाट प्रभावित भएर फोहोरविरुद्धको अभियान नै सुरु गर्‍यो । यस्तै सन् १९७१ को जनवरीमा कमन वेल्थ देशको सम्मेलनको क्रममा सर्वसाधारणलाई कसरी अतिथिसँग व्यवहार गर्ने भन्ने सिकाए । सँगैमा उनले के पनि सिकाए भने आउने अतिथिलाई मात्र सम्मान गर्ने होइन, आफ्नै दाजुभाइ, आफ्नै देशका नागरिकमाथि पनि उत्तिकै सम्मानपूर्ण व्यवहार गर् । हामीले हामी आफैंलाई सम्मान नगरेसम्म अरुलाई सम्मान गर्न आउँदैन, गरे पनि त्यो कृतिम हुन्छ ।

सिंगापुरको हरियालीबाट प्रभावित भएर मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मदले क्वालालम्पुरलाई हरियालीयुक्त सहर बनाए । जकार्तालाई पनि राष्ट्रपति सुकार्ताे र फिलिपिन्सका मार्काेसले मनिल र थाइल्यान्डको राजधानी बैंककलाई प्रधानमन्त्री थानिनले हरियो बनाए । लिले भनेका छन्, प्रतिस्पर्धा ज्यादै खतरनाक हुन्छ तर हरियाली बनाउने प्रतिस्पर्धा चाहिँ सबैभन्दा राम्रो प्रतिस्पर्धा बन्यो ।

यसरी हरियाली छाउनका लागि उनले उपयुक्त पात्र पनि छनोट गरे । उनले मलय मुलका वङ यु क्वानलाई यसको जिम्मा दिए । उनी विरुवाका साखिन थिए । उनले मलेसियामा छँदा ठूलो व्यावसायिक बगैंचामा काम गरिसकेका थिए । उनले सडक किनारका हरेक विरुवालाई उत्तिकै माया गर्थे । त्यसमाथि हरेक दिन लि क्वान युले उनलाई लामो सूची नै थमाइदिन्थे, के–के गर्ने र के–के नगर्ने भनेर । उनीपछि कृषि विज्ञ चुवा सियान इङ हरियाली प्रमुख बनाइए । उनी झन् यसमा पोख्त थिए । लिले पछि भनेका छन्, सबभन्दा सस्तोमा मानिसको मनमा सकारात्मक प्रभाव पार्ने तरिका हरियाली नै रहेछ भन्ने पछि मैले बुझें ।

उनको सफाइ अभियानको अर्काे ठूलो सफलता सिंगापुर नदी र रोचोर नहरमा भएका फोहोरलाई नमिट्यान्न पार्नुमा थियो । ती दुवै नदी र नहरमा औद्योगिक फोहोर बग्थ्यो । त्यहीं किनारमा सँुगुरका खोर थिए । कसैकसैले छेउमा माछा पोखरी पनि बनाएका थिए । ती सबैलाई ठाँउ सारिदिएर नदी किनार सफाइ अभियान सुरु गरे । ठाउँ सार्नु कम्ता कठिन काम थिएन । नयाँ ठाउँ कतिपयका लागि उपयुक्त पनि थिएन । तर सरकारी नियम लागु भएपछि नमानी धर हुन्थेन । २० वर्षे लामो सफाइ अभियानपछि मात्रै नहर र नदी सफाइ अभियान सफल भएको थियो । कतिसम्म भने नदी र नहरको छेउमा मानिसका लागि आवश्यकपर्ने बालुवा इन्डोनेसियाबाट किनेर भए पनि ल्याए ।

अहिले त्यहाँ देशविदेशका पर्यटक नही र नहर छेउका बालुवामा जिउ सेकाउँदै पौडी खेल्ने गर्छन् । यसले व्यवसायको अर्काे ढोका पनि खोल्यो । ती मानिसलाई आवश्यकपर्ने चिया, खाजा, वियर आदिको व्यवस्था गर्न स–साना रेष्टुराँको व्यापार मजाले चम्मेको छ ।

यस्तै कृषिमा आधुनिकीकरण ल्याउन कतिपय कृषि फर्म गरेका, गाईपालन, पशुपालन गरिरहेकाको सानो समूह भएकाले यसलाई बृह्तस्तरमा सरकारी तवरबाटै ठूलो उद्यम खडा गर्न कतिपयको बारी, गोठ र तिनका गाईवस्तु नै सरकारले नियन्त्रणमा लियो । तिनलाई गाउँभन्दा गतिलो बस्ने ठाउँ दियो । सबै सुविधाले युक्त बनाइदियो । तर तिनले आफ्ना पशुलाई यति माया गरेका थिए, तिनले हरेक निर्वाचनमा पिएपीबिरुद्ध भोट खसालेर आफ्नो रिस मत्थन पारे । कसैले कुनै फ्याक्ट्री स्थापना गर्छ भने उसले आफ्नो वरिवपरिको वातावरणलाई हरियालीयुक्त बनाउनैपर्ने नियम लगाइदिए । त्यस्तै मानिससँग धन बढ्दै जाँदा उसको सोख पनि बढ्दै जान्छ । खासगरी गाडीमा सहरियाको विशेष लगाव हुन्छ भन्ने बुझेका उनले गाडी चढ्न चाहनेले एन्टी पोल्युसन युनिटबाट गाडीले फ्याँकने धुँवाको फोहोरमापन नगरी चलाउन नपाउने बनाइदिए । उनले गाडीले बजाउने हर्नमा समेत सीमितता लगाइदिए ।

चिनियाँ नयाँ वर्षलाई धुमधामका साथ मनाउन पटाका पड्काउने जस्ता काम गरिन्थ्यो, उनले यसलाई बन्द गरिदिए । खासगरी त्यस्ता पटाकाले बालबालिकाको स्वास्थ्यलाई असर गर्ने, कहिलेकाहीं त्यसको दुरुपयोगले मानिसलाई चोटपटक लाग्ने भएकाले यसलाई बन्द गर्नु अनिवार्य भइसकेको थियो । त्यसो त यसको ठूलो विरोध नभएको होइन । कतिले त यस्तो कार्य रोक्ने अनुरोध गर्ने प्रहरीलाई आक्रमण पनि नगरेका होइनन् तर जनजीवनलाई ख्याल राख्दै अव्यावहारिक र मानिसलाई हानी पुर्‍याउने परम्परालाई उनले कडाइका साथ रोके ।
हजाराैं वर्षको इतिहास नभए पनि सयाैं वर्ष पुराना घर, चर्च, मन्दिरलाई पुराना पुस्ताले हेर्नुपर्ने ठहर गरी तिनको संरक्षणमा पनि उनले अभियान चलाए । कतिपय पुराना घरलाई संरक्षण गरियो । सार्वजनिक स्थालमा चुरोट पिउन क्रमश प्रतिबन्ध लगाए । यसको सफल परीक्षणलाई देखेर अन्य देशले पनि क्रमश लागु गर्दैछन् । सन् १९८३ ताका उनको सरकारमा चुइंगम प्रतिबन्ध लगाउने कुरा उठेको थियो । यसलाई उनले उति ध्यान दिएका थिएनन् । तर पछि स्कुल, कलेज, रेल, बस जतातत्तैका सिटमा टाँसिने र अरुका लुगा बिर्गाने यस्तो प्रवृत्तिलाई अन्त्य गर्न उनले प्रतिबन्ध लगाउने कुरालाई स्वीकृति दिए । पश्चिमा मिडियाले यसलाई खिल्ली उडाउँदै न्यानी स्टेट अर्थात् जनतालाई बच्चाजस्तो व्यवहार गर्ने देशका रुपमा खिल्ली उडाए । तर लिले आफ्नो आत्मकथामा लेखेका छन्, सर्वसाधारणको हितका लागि हामीलाई त्यसो भन्छन् भने म गर्वका साथ त्यो स्वीकार गर्छु ।
नयाँ विश्ववबाट

तपाईको प्रतिक्रिया