कालिका लघुवित्तको गोष्ठी

समाधान संवाददाता २०७६ वैशाख २६ गते १४:०४

समाधान संवाददाता
पोखरा

स्याङ्जाको पुतलीबजारमा बुधबार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड बाडखोला शाखामा लघुवित्त कारोबार गर्ने ४६ वटा केन्द्रका केन्द्र प्रमुखको वार्षिक कार्यशाला गोष्ठी भएको छ ।

गोष्ठीमा कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले वित्तीय अनुशासनको बारेमा जानकारी दिए । उनले संस्थाका नयाँ सेवा सुविधा एवं बचत तथा कर्जाका कार्यक्रमका बारेमा जानकारी गराए ।

Advertisement

कार्यक्रमका सहभागीले अन्तक्र्रियामा उठाएका सवाल एवं गुनासाको संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी एवं कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले जवाफ दिएका थिए ।

आगामी दिनमा सदस्यको क्षमता तथा सीप अभिवृद्धि तथा सामाजिक र आर्थिक स्तर बढाउँदै लाने कार्यक्रमलाई प्राथमिकता दिइने सहायक प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

Advertisement

वाडखोला शाखाको केन्द्र नं. ३० राम कालिका महिला विकास केन्द्रका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष सुमित्रा कार्कीले हरेक क्षेत्रमा लघुवित्त संस्था बढ्दै गएको अवस्थामा सदस्यले अब छान्नुपर्ने दिन आएको बताइन् । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य नित्यानन्द तिवारीले र शाखा प्रमुख रजनी पंगेनीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया