जिमुहामा आलु राख्ने शीतभण्डार कक्ष

समाधान संवाददाता २०७६ वैशाख २७ गते १३:१२

समाधान संवाददाता
वालिङ

तरकारी होस् कि अचार भान्सामा आलु चाहिन्छ नै । जुन तरकारीसँग पनि मिल्ने आलु उत्पादन हुने सिजन हो फागुन । मंसिरमा लगाइएको आलु फागुनमा खन्न मिल्छ । फागुनमा खनेको आलु लामो समय त्यतिकै राख्न मिल्दैन । कुहिएर जान सक्छ ।

घरमा सामान्य तवरले आलु उत्पादन भएको ३, ४ महिनामात्र राख्न सकिन्छ । आलुलाई शीतभण्डारमा राख्न सके वर्षभरि उपभोग गर्न मिल्छ भने उचित मूल्य पनि मिल्छ ।

Advertisement

गल्याङ नगरपालिका ११ स्थित जिमुहामा खाने र बिउ आलु राख्न शीतभण्डार कक्ष सञ्चालनमा आएको छ । विश्व वैंकको १ करोड १७ लाख सहयोगमा ७५÷०७६ मा शितभण्डार निर्माण भएको हो । शीतभण्डार बनेपछि आलु भण्डारण हुन थालेको छ ।

१ सय ५० टन श्रमता भए पनि अहिले ९० टनमात्र भण्डारण गरिएको संस्थाका कोषध्यक्ष चक्रपाणि कँडेलले बताए । उनले भने, ‘पहिलो वर्ष थाहा नपाएर कृषकले आलु ल्याउन सकेनन्, आगामी वर्ष पूर्ण क्षमतामा भण्डारण गर्छौं ।’

Advertisement

प्रतिबोरा ३ सय ५० रुपैयाँमा ७ महिनासम्म आलु राख्न सक्ने व्यवस्था छ । शीतभण्डारबाटेकी जिल्ला पाल्पाका कृषकसमेत लाभान्वित भएका छन् । गत वर्ष यहाँबाट बिभिन्न जिल्लामा आलुको बिउ निर्यात भएको संस्थाका अध्यक्ष रुमलाल कँडेलले बताए ।

तपाईको प्रतिक्रिया