जाँचिदैछन् ५ लाख ८ हजार ४९४

समाधान संवाददाता २०७६ वैशाख २९ गते ९:०९

समाधान सम्वाददाता

कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ । कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४ सय ९४ परीक्षार्थी सहभागि हुने छन् ।

जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ ।

Advertisement

राष्ट्रिय परिक्षा बोर्डले परीक्षाका लागि देशभर एक हजार १ सयण् ७ परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ । सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १२२ वटा र सबैभन्दा कम मनाङरमुस्ताङमा एकरएक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ ।

Advertisement

कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया