यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन ५ दिनको समयसीमा

समाधान संवाददाता २०७६ जेठ ५ गते ११:२८

समाधान सम्वाददाता

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ५ दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

Advertisement

महासंघ र सरकारबीच भएको सहमतिअनुसार ‘संस्था दर्ता ऐन २०३४’ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासंघ आवद्ध व्यवसायी तथा विभिन्न समितिहरुलाई ५ दिनभित्र कम्पनी दर्ता गरिसक्न महासंघले आग्रह गरेको हो ।

महासंघले आज सूचना प्रकाशित गरी ‘कम्पनी दर्ता ऐन २०६३’ को दफा ९ को उपदफा १ थप गरिएको १९क० अनुसार कम्पनी दर्ता गर्न महासंघमा आवद्ध यातायात व्यवसायीलाई सेयर सदस्य बनाई यातायात व्यवस्था कार्यालयमा पेस गरी सिफारिस लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने बताएको छ ।

Advertisement

महासंघका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमतिअनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताए । ‘५ दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासंघले लिँदैन,’ उनले भने ।

देशभर चल्ने सार्वजनिक सवारीसाधन यातायात समिति र केही सवारीसाधन कम्पनीमा दर्ता भएर सञ्चालित छन् ।

तपाईको प्रतिक्रिया