शिशु निकेतनमा उत्प्रेरणा मुलुक तालिम

समाधान संवाददाता २०७६ जेठ ५ गते १४:४१

समाधान संवाददाता, पोखरा

शिशुनिकेतन बोडिङ स्कुलले कक्षा ९ र १० का विद्यार्थीका लागि उत्प्रेरणामूलक तालिम गरेको छ । विद्यार्थीका लागि उपयोगी विषयमा केन्द्रित रहेर सफल बन्न विद्यार्थीले अपनाउने विषयमा माइन्ड क्यामेस्ट्रि रिसर्च पर्सन, स्कुल अफ ह्याप्पिनेसका संस्थापक हरि सिटौलाले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक सिटौलाले माध्यमिक तहका विद्यार्थीमा देखिने मनोवैज्ञानिक अवस्थालाई सहज रुपमा आत्मसात गरेर जीवनलाई कसरी सफलता उन्मुख बनाउन सकिन्छ र खुसी जीवनयापन गर्न सकिन्छ भन्ने विषयमा बताए ।

Advertisement

विद्यालयका प्राचार्य नरेन्द्र थापाले विषयगत ज्ञानका अलावा विद्यार्थीलाई अन्य विषयमा पनि प्रशिक्षण आवश्यक हुने भएकाले अतिरिक्त कार्यक्रम गर्दै आएको बताए ।

सहप्राचार्य रवीमोहन बरालले विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता उत्प्रेरणामूलक तालिमको आवश्यक हुने बताए । तालिममा सहभागी कक्षा १० का छात्र विशाल थापा र छात्रा सदीक्षा थापाले आफ्नो भित्री इच्छा शक्तिलाई जगाएर कसरी सफल बन्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण उपयोगी भएको अनुभव सुनाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया