गरिमा र महालक्ष्मी इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स

समाधान संवाददाता २०७६ जेठ १० गते १३:१६

समाधान संवाददाता, पोखरा

गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा गर्ने सम्झौता भएको छ । बिहीबार आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बिमा पोलिसी खरिद गर्न सक्ने छन् ।

Advertisement

काठमाडौं लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाडौं उपत्यकामा ८ वटा शाखा कार्यालयसहित देशभर ७६ शाखा र ३३ वटा एटिएम सेवा सञ्चालन गर्दै आएको छ । बैंकले देशका विभिन्न क्षेत्रमा थप १५ शाखा कार्यालय स्थापना गर्ने जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया