पुर्वप्रधानन्यायाधीश खत्रीको निधन

समाधान संवाददाता २०७६ जेठ १० गते १५:१०

समाधान संवाददाता, काठमाडाैं

पूर्वप्रधानन्यायाधीश नयनबहादुर सिंहको ९९ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

Advertisement

खत्री लामो समयदेखि अल्जाइमर्सका बिरामी थिए । एक्कासी असजिलो भएपछि केहीदिनअघि उनलाई मेडिसिटी अस्पताल पुर्‍याइएको थियो ।

उनलाई निमोनिया भएको डाक्टरहरूले बताएका थिए ।

Advertisement

खत्री नेपालका छैठौं प्रधानन्यायाधीश हुन् । २०३३ सालदेखि २०४२ सालसम्म ९ वर्ष सात महिना उनी प्रधानन्यायाधीश बनेका थिए ।

खत्रीको कानुनी क्षेत्रमा अनुभव भने राणाकाल देखि नै हो । २००४ सालमा उनी चीनको ल्हासाका लागि नेपाली वकिल बनेर गएका थिए । त्यसअघि राणा नोकरशाहीको मुलुकी अड्डा ऐन सवाल फाँटमा उनी सुब्बा थिए । प्रजातन्त्र आइसकेपछि उनी कानुन सचिव भए । त्यसपछि उनी चीनका लागि नेपाली राजदूत भएर पनि काम गरे ।

उनी न्याय सेवामा भने २०१६ सालमा सर्वोच्च अदालतको न्यायाधीशका रूपमा छिरेका हुन् । न्यायाधीश भएको १६ वर्षपछि उनी प्रधानन्यायाधीश भए र लगभग १० वर्ष न्यायालय चलाए ।

उनी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षसमेत भएका थिए ।

तपाईको प्रतिक्रिया