सरकार विकास र समृद्धिको दिशातर्फ अग्रसर

समाधान संवाददाता २०७६ असार १ गते १५:१४

अर्जुन काफ्ले, स्याङ्जा (वालिङ) ।

भ्ूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार विकास र समृद्धिको दिशातर्फ अगाडि बढेको बताएकी छन् । स्याङ्जाको वालिङमा नेकपा नगर कमिटी वालिङले आयोजना गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा मन्त्री अर्यालले सरकारको नीति तथा कार्यक्रम र बजेटले सरकार समृद्धितर्फ अगाडि बढेको संकेत दिएको दाबी गरिन् ।


उनले सरकारले पहिलो वर्ष नीति निर्माण, पूर्वाधार आधार गरेको र अब दोस्रो वर्षमा सरकार विकासको मार्गमा हिँडेको सुनाइन् । ‘खुला बहस गरौँ, अनावश्यक प्रचारबाजीमा नलागौँ,’ उनले भनिन् ।

Advertisement

सगरमाथाको उचाइ मापन गर्न गएको टोलीलाई विदाइ गर्न, हौसला बढाउन आधार शिविर पुग्दा गरिएको अर्नगल प्रचारप्रति खण्डन गर्दै मन्त्री अर्यालले अनावश्यक प्रचारबाजी गरियो, ५० लाख होइन ११ करोडको लगानीमा सगरमाथाको वास्तविक उचाइ मापनका लागि सरकार लागेको बताइन् । ‘स्वर्ग जस्तै ठाउँमा पुग्दा फोटो र सेल्फी खिच्नु त स्वभाविक होईन् र ? सरकार करौडौँ खर्च गरेर पहिचानको मापन गर्दैछ,’ उनले भनिन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत धेरैको ज्यान लिएको सिद्धबाबा सडकमा सुरुङमार्गका लागि डिपिआर तयार गरिएको जानकारी मन्त्री अर्यालले यसले समग्र राजमार्गको विकासमा मद्दत पुग्ने विश्वास दिलाइन् ।

Advertisement

उनले लुम्बिनी आएका पर्यटकलाई स्याङ्जा हुँदै पोखरा र पोखरा आएका पर्यटकलाई स्याङ्जा हुँदै लुम्बिनी पु¥याउँदै गर्दा यहाँका होमिस्टे, प्याराग्लाइडिङ, अन्य पर्यटकीय स्थलहरुलाई पर्यटकको रोजाइ बनाउन सकिने बताइन् । उनले हरेक विकास गर्दा दिर्घकालिन योजनाका साथ सरकार अगाडि बढेको भन्दै अहिलेको विकासले ५० वर्षपछिलाई टेवा पुग्ने खालको आयोजनाहरु रहेको सुनाइन् ।

५ वर्षे कार्यकालमा बाहिरिँदै गर्दा शिर उच्च गरेर हिँड्ने गरी योजनाबद्ध रुपमा सरकार हिँडिरहेको बताइन् । जिल्लामा २८ मोटरेवल पुल निर्माणाधीन अवस्थामा रहेको भन्दै आँधीखोला हाइड्याम उच्च प्राथामिकतामा रहेको सुनाइन् ।

‘अबका विकासे योजना पछिल्ला संभाव्यताको समेत अध्ययन गरी अगाडि बढेकाले अबको पोखरा पछिको प्याराग्लाइडिङको क्षेत्र स्याङ्जा भएकाले पर्यटकीय हिसाबले स्याङ्जा अगाडि बढ्दै गएको छ,’ उनले भनिन् । उनले अस्पतालका सवालमा स्याङ्जाका ११ पालिकामध्ये ६ जिल्लामा १५÷१५ सैयाको अस्पताल बन्ने र १५ बाट विस्तारै ५०÷१०० सैड्ढयासम्म पु¥याउन सकिने बताइन् । ‘यहाँका पर्यटकीय क्षेत्र स्वरेक मैदान, सतिवेणी, अकला, गह्रौँसुर, सतौँचण्डकी प्राथामिकतामा छ,’ उनले भनिन् ।

स्वास्थ्य, बिमा, गरिब पहिचान, राष्ट्रिय परिचय वितरणमा स्याङ्जासमेत समेटिनु सकारात्मक पक्ष भएको भन्दै उनको भनाइ थियो । कृषिबिना सरकारको समृद्धिको लक्ष्य पूरा हुन नसक्ने पनि उनको विचार थियो । ‘कृषिलाई सरकारले प्राथामिकतामा राखेको छ,’ उनले भनिन् ।

कृषि उपजलाई भण्डारणका लागि जिल्लामा शीतभण्डार निर्माणाधीन अवस्थामा रहेको मन्त्री अर्यालको भनाइ थियो । कार्यक्रममा गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले जनताको प्रत्यक्ष सरोकार राख्ने विकासको कुरामा ध्यान जाने विचार राखे । भ्रष्टाचार मौलाउँदै गएको बताउँदै रेग्मीले आपूmले पनि भ्रष्टाचार नगर्ने र कसैले गरेमा कारबाही गर्न पछि नपर्ने प्रतिबद्धता सुनाए । कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे, नगर अध्यक्ष राजेन्द्र डुम्रे लगायतले मन्तव्य राखे ।

तपाईको प्रतिक्रिया