गण्डकी प्रदेशको बजेट–प्रत्यक्ष निर्बाचित सांसदले २–२ करोड पाउने, समानुपातिकलाई पैसा छैन

समाधान संवाददाता २०७६ असार १ गते १९:२८

समाधान सम्वाददाता

अर्थमन्त्री किरण गुरुङले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको गण्डकी प्रदेशको बजेटले संघीय सरकारले जस्तै सांँसदहरुका लागि विकास बजेट बिनियोजन गरेको छ । तर प्रदेश सभाका सबै सांँसदले त्यो बजेट पाउने छैनन् ।

आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा सांसदका लागि ७२ करोडल बिनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् । त्यो घोषणा गर्दा प्रत्यक्ष निर्बाचित सांसदले ताली बजाए पनि समानुपातिक सांसद भने अल्लमल्ल परे ।

Advertisement

गण्डकी प्रदेश सभामा ३६ निर्बाचन क्षेत्र छन भने समानुपातिक सहित ६० सांसद छन् । बजेटले तिनै ३६ निर्बाचन क्षेत्रका लागि ७२ हजार रुपैया बिनियोजन गरेको छ । ३७ निर्बाचन क्षेत्रमा दामासाही ढंगले बाड्दा एक निर्बाचन क्षेत्रका लागि २ करोड रुपैया पर्छ ।

संघीय सरकारले सांसद विकास कोष अन्तरगत ६–६ करोड बिनियोजन गरेको अवस्थामा प्रदेश सभासदहरुले ३–३ करोड पाउने अपेक्षा गरेका थिए । तर सो अपेक्षा पुरा नभए पनि २–२ करोड पाउदा प्रत्यक्ष निर्बाचित सांसदहरु भने खुशी देखिएका छन् । सामानुपातिक सांसद अलमलमा परेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया