विश्वकप क्रिकेटः शमीकाे ह्याट्रिकले अफगानिस्तान ११ रनले पराजित

समाधान संवाददाता २०७६ असार ८ गते १२:१८

एजेन्सी, लन्डन

विश्वकप क्रिकेटकाे शनिबार सम्पन्न खेलमा भारतले अफगानिस्तानमाथि कठिन जित हासिल गरेकाे छ । भारतको यस जितका नायक बने मोहम्मद शमी । शमीले अन्तिम ओभरमा गरेको ह्याट्रिकले अफगानिस्तान ११ रनले पराजित भयो ।

भारतको यो कठिन र संघर्षपूर्ण जित शमीका लागि अविस्मरणिय बनेको छ । उनी विश्वकप खेलमा ह्याट्रिक गर्ने दोश्रो भारतीय खेलाडी बनेका छन् । यस खेलमा उनले ४ विकेट लिए ।

Advertisement

शमीको ह्याट्रिक विश्वकपमा गरिएको १० औं ह्याट्रिक हो ।

शमीले भने दुईलाई बोल्ड तथा एकलाई क्याच गराउँदै ह्याट्रिक गरेका हुन् ।

Advertisement

हिजोको खेलमा ४ विकेटसँगै शमीले ३८ बल डट गरेका थिए भने एक ओभर मेडन राखे । उनले अफगानिस्तान विरूद्ध ९.५-१-४०-४ को प्रदर्शन गरे ।

अन्तिम ओभरमा ह्याट्रिक गरेका शमीले पहिलो विकेट मोहम्मद नबीको लिएका थिए । नबी हार्दिक पाँड्याको हातबाट क्याच हुन पुगेका हुन् । त्यसपछि शमीले आफताब आलमर मुजिबलाई शुन्य रनमै बोल्ड गरे ।

विश्वकप क्रिकेटमा सर्वाधिक ह्याट्रिकको रेकर्ड श्रीलंकाका लसिथ मांलिगाको नाममा छ । उनले सन् २००७ र २०११ मा दुई ह्याट्रिक गरेका थिए । सन् २००७ मा उनले दक्षिण अफ्रिका विरूद्ध ४ विकेट लिएका थिए ।

यसैगरी सन् १९९९ मा सकलेन मुश्ताक, सन् २००३ मा चमिन्डा वास, ब्रेटली, सन् २०१५ मा स्टीवन फिन र जेपी डुमिनीले ह्याट्रिक गरेका छन् ।

शमी अगाडी चेतन शर्माले ३२ वर्ष अगाडि सन् १९८७ को विश्वकप क्रिकेटमा भारतका लागि पहिलो ह्याट्रिक गरेका थिए । उनले त्यतिबेला न्यूजिल्याण्डविरूद्धको खेलमा ह्याट्रिक गरेका थिए। यो ह्याट्रिक विश्वकप इतिहासको पहिलो ह्याट्रिक समेत हो।उनले तीनै विकेट बोल्ड गर्दै लिएका थिए।

तपाईको प्रतिक्रिया