एसइईको नतिजा आज आउने, यसरी हेर्न सकिनेछ नतिजा

समाधान संवाददाता २०७६ असार १२ गते १२:०९

रासस

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको छ ।

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

Advertisement

कार्यालयले हिजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गर्ने जनाएको हो ।

कार्यालयले आज दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नआए आज नै नतिजा सार्वजनिक हुने जनाएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

Advertisement

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ ।

यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । यस्तै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया