विप्लव समूहले बर्दियामा जलायो वडा कार्यालय, प्रहरी निरीक्षक घाइते

समाधान संवाददाता, काठमाडाैं
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका-६ को वडा कार्यालयमा साेमबार राती आगो लगाएको छ ।
आगोलागीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको छ । लेखा फाँटमा रहेका काजगात पनि जलेपछि वडाका विवरणहरू नष्ट भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ्गले घटनास्थलमा विप्लव समूहको भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको बताए ।
वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमबहादुर मल्ल घाइते भएको प्रजिअ करुम्बाङ्गले जानकारी दिए । उनकाे नेपालगञ्जमा उपचार भइरहेकाे छ ।
यता गुलरिया नगरपालिका वडा नम्बर ७ र १२ मा पनि विप्लव समूहले ताला लगाएको उनले जानकारी दिए ।
विप्लव समूहले पछिल्लो समय सूदुरपश्चिम र तत्कालीन भेरी कर्णालीका जिल्लाहरूका स्थानीय सरकारमा भ्रष्टाचार बढेको भन्दै तालाबन्दी र आगजनी गरिरहेको छ ।







ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया