फेवातालका डुंगामा ‘बुद्धको स्टिकर’

समाधान संवाददाता २०७६ असार २५ गते १३:५४

समाधान संवाददाता
पोखरा

पोखरा विदेशी पाठ्यपुस्तकहरुमा बुद्धको जन्मस्थानबारे गलत प्रचारविरुद्ध अभियानमा लागेका गायक धीरज राईले पोखरामा सचेतनामूलक कार्यक्र गरेका छन् ।

‘विदेशी पाहुना पर्यटक मात्र होइनन् सद्भावना दूत पनि हुन्, सत्य तथ्य कुरा बुझाउन सके उनीहरुले नै चिर्ने छन् भ्रम’ भन्ने नाराका साथ उनले पोखराको फेवातालमा कार्यक्रम गर्दै ‘फेवाताल जाँऔ, डुंगामा स्टिकर टाँसौ’ भन्दै त्यहाँको डुंगामा बुद्धको स्टिकर टाँसेका थिए । अभियानमा उनलाई साहित्यकार सरुभक्त लगायत पोखरेली युवाहरुले साथ दिएका थिए ।

Advertisement

कार्यक्रममा साहित्यकार सरु भक्तले बुद्धको जन्मबारे प्राज्ञिक भ्रमलाई चिर्न प्राज्ञिक स्तरमै यो कार्यक्रमको आयोजना हुनु पर्ने बताए । उनले बुद्धको भ्रमविरुद्ध धीरजको अभियानमा सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।

धीरजले डुंगामै बसेर ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत सुनाएका थिए । यसअघि उनी बुद्धको जन्मस्थानबारे गलत प्रचारविरुद्ध ५० भन्दा बढी मुलुकमा आफै प्रमाणसहित भ्रमणको अभियानमा छन् । साथै गतको वर्ष टुँडिखेलमा १ लाख ३० हजार मानिसहरु जम्मा भएर ‘गिनिज बुक अफ वर्ड रेकर्ड’ मा नेपालको नाम राख्ने कार्यक्रम भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया