आहा ! रारा ! गोल्डकपमा डेढ लाख बचत

समाधान संवाददाता २०७६ साउन १९ गते १७:२१

समाधान संवाददाता

सहारा क्लबले आयोजना गरेको १७ औं आहा ! रारा ! गोल्डकपबाट आयोजकले १ लाख ४९ हजार रुपैयाँ बचत गरेको छ । क्लबका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सहसंयोजक राजु लालचनले ७० लाख ७८ हजाररुपैयाँ आम्दानी भएको जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ६९ लाख २९ हजार रुपैयाँ खर्च भएको उनले सुनाए ।

लालचनका अनुसार गेट टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैयाँ आम्दानी भएको छ । ब्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजनार रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष लालचनले जनाए ।

Advertisement

अन्य अघिल्ला प्रतियोगिताको तुलनामा १७ औं आहा ! रारा ! गोल्डकपमा कम बचत भएको क्लबका अध्यक्ष सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा बताउँछन् । उनले पोखरा रंगशाला निर्माणको क्रममा रहेको कारण दर्शक थोरै भएको बताए । सोही कारण कम टिकट बिकेर प्रतियोगिताको बचत कम भएको थापाको भनाइ छ ।

१६ औँ आहा ! रारा ! गोल्डकपमा ३३ लाख रुपैयाँको टिकट बिक्री भएको थापाले सुनाए । ‘१७ औँ आहा ! रारा ! गोल्डकपमा जम्मा १५ लाख रुपैयाँको टिकट बिक्री भयो,’ उनले भने, ‘रंगशालाको प्यारापिट निर्माण क्रममा रहेको कारण कम टिकट बिक्री भयो ।’

Advertisement

अघिल्लो वर्ष पोखरामा एउटामात्रै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । त्यो आहा रारा थियो । गत वर्ष कास्की एन्फाले आयोजना गरेको मनकामना कप प्रतियोगिताको पनि प्रभावको कारण केही दर्शक घटेको फुटबलप्रेमी बताउछन् ।

फुटबल एकेडेमी सञ्चालन गर्दै आएको सहारा क्लबलाई काम बचत हुँदा एकेडमी सञ्चालनमा आर्थिक समस्या पर्ने क्लब अध्यक्ष थापा बताउँछन् । एकेडेमी प्रतियोगिताको बचतबाट सञ्चालन हुँदै आएको थियो ।

सहारा क्लबले पोखरा १७ मा सञ्चालन गरिरहेको एकेडेमीमा २८ जना कठिन तथा विपन्न वर्गका बालकहरु अध्ययन संगै फुटबल सिक्दै आएका छन । अव एकेडेमी संचालनकोा लागि क्बको अक्षय कोषको व्याच प्रयोग गरिने थापाले बताए । अक्षय कोषमा करिब १ करोड २० लाख छ रहेको र उक्त रकमको ब्याजबाट एकेडेमी संचालन गर्ने थापाले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउबाट १३ लाख ५१ हजार रुपैयाँ, राखेप र गोर्खा ब्रुअरी नेपालबाट ४÷४ लाख, हिमाअस एजुकेसन कन्सल्टेन्सीबाट ४ लाख १ हजार आम्दानी भएको थियो ।

खर्चतर्फ खेलाडीको दैनिक भ्रमणमा २३ लाख १३ हजार ६ सय ४१ रुपैयाँ, पुरस्कार एवं प्रोत्साहन स्वरुप शीर्षकमा १३ लाख २२ हजार, प्रचारमा ४ लाख ९७ हजार रुपैयाँ खर्च भएको थियो । रेफ्री खर्चमा २ लाख ७८ हजार, मैदान, स्टेज, प्यारापिट व्यवस्थापन र अतिथि सत्कारमा ८ लाख ७७ हजार रुपैयाँ खर्च भएको क्लबले जानकारी दिएको छ ।

गत फागुन ९ गतेदेखि १८ गतेसम्म भएको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब सुनसरी, विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) विदेशी टिम डफिन्स फेमिली क्यामरुन, युनाइटेड सिक्किम भारत र आयोजक गरी १० टिमबीच प्रतिस्पर्धा भएको थियो । विदेशी टिम डफिन्स फेमिली क्यामरुन, विजेता हँुदै ८ लाख १ हजार हात पारेको थियो ।

तपाईको प्रतिक्रिया