सुन प्रतिताेला ७० हजार रुपैयाँ
समाधान संवाददाता
२०७६ साउन २३ गते १३:११

समाधान संवाददाता, पाेखरा
सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो ।
नेपाली बजारमा दिनदिनै नयाँ रेकर्ड राखेको सुनको मूल्य विश्व बजारमा भने यसअघिको उच्च मूल्यमा पुगेको छैन ।
अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ।
मूल्य अत्याधिक हुदाँ बजारमा सुनको कारोबार भने ठप्पजस्तै भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया